Kanakai Online

कनकाई छठ पुजाको रक्तदानमा ५४ पिन्ट रगत संकलन


बिहिवार, असोज ४, २०७५ |

कनकाई अनलाईन
सामाजिक तथा सास्कृतिक कार्यमा अब्वल रहदै आएको सुरुङ्गाको कनकाई छठ पुजा सेवा समितिले अघिल्ला बर्षहरुमाझै यसबर्षको संविधान दिवश पनिमा रक्तदान कार्यक्रमको आयोजना गरि मनाएको छ ।
संविधान दिवश भाषण गरेर मनाउनुभन्दा मानवीय सेवाका समर्पित गर्ने संस्थाको उद्धेश्यअनुसार छठ पुजा सेवा समितिले रक्तदान कार्यक्रमको आयोजना गरेर मनाइएको कनकाई छठ पुजा सेवा समितिका अध्यक्ष पवन शाहले बताउनु भयो । अध्यक्ष शाहका अनुसार विर्तामोड रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा कंगारु एजुकेशन फाउण्डेशन विर्तामोडको आर्थिक सहयोगमा सुरुङ्गा चौकमा भएको सो रक्तदानमा २ महिला सहित ५४ जनाले रक्तदान गर्नुभएको थियो ।
रक्तदानको संयोजक किरण कारक रहनुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि कनकाई नगरपालिका वार्डनम्बर ३ का वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया रहनुभएको थियो । कार्यक्रमको औचित्यमाथि जगतनारायण मण्डलले प्रष्ट पारेको कार्यक्रमको संचालन महासचिव खगेन्द्र महत्तोले संचालन गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष शिवशंकर महासेठले जानकारी दिनुभयो ।

सम्बन्धित खबर