कनकाई अनलाईन
बाबुले ५ बर्ष अगाडिनै कान्छी श्रीमती लिएर मोरङ्ग पथरीमा बस्दै आउनुभएको छ । आमा गिता थापा म – मनोज थापा ) र भाई मात्रै कनकाई नगरपालिका ४ देउरालीटोलमा बस्दै आएका थियौ । सुखदुख हामी परिवारमा मिलेरै बसेका थियौ ।
बाबुले दुःख दिएपनि हामी आफ्नो पढाई सकाएर जागिर खाएर मम्मीलाई खुसी र सुखि बनाउने वाचा मनमा साचेका थियौ तर हाम्रो सबै सपना चकनाचुर हुदै आएको छ । आमा गत असार ६ गतेदेखि सुरुङ्गा बजारमा एक सय रुपैँया हातमा लिएर तरकारी पकाउनका लागि प्याज र साग किनेर ल्याउछु भनेर गएपछि हालसम्मपनि नर्फकिएपछि यी थापा दाजुभाई चिन्तित बनेको छ । आमाले तरकारी किनेर ल्याउनुहुन्छ भनेर पर्खेर बस्यौ बेलुका ढिला भएपछि भातमात्रै पकाएर तरकारी रुघेर पनि बस्यौ अझ ढिला भएपछि तरकारीपनि आफै पकाएर खानका लागि आमालाई कुरेर बस्यौ तर आजसम्म आमा घर फर्कनुभएन आमाको खोजीगर्दा मेरो स्नातक पहिलो वर्षको पढाइ समेत छुट्यो , शनिवार सुरुङ्गामा कनकाई सुरुङ्गा प्रेस क्लवसगको पत्रकार सम्मेलनमा मनोजले आफ्नो पिडा यसरी पोखे । आमाको खोजीका लागि मैले खोलानाला बन स्कुल , आफन्त लगायातका सबै ठाउँ पुगिसके तर हालसम्मपनि आमा फेला पर्न सक्नु भएन कतै कुनै अप्ठ्यारोमानै पर्नुभएको छ । मनोजले गहभरि आसुपार्दै भने । आमा साहै सोझो स्वाभावकी हुनुहुन्थीयो जसकारण बाबुले समेत कान्छी श्रीमती विहे गरेर अंश समेत लिएर अन्यत्र बस्न थाल्नुभयो ।
मोवाइल पनि बोक्नु हुन्नथियो । काम पर्दा हाम्रै मोवाइलबाट कुरा गर्ने गर्नुहुन्थ्थीयो । तर आजसम्म पनि फेला पर्नुभएन थापाले गुनासो गर्नुभयो । लामो समयसम्म थापा फेला नपरेपछि छोरा मनोजले आमाको खोजीका लागि प्रहरी माइती नेपाल , साना हातहरु सबैतिर खोजीका लागि निवेदन दिएपनि हालसम्म आमा फेला पर्न नसकेको बताउनुभयो । यसैविचमा आमाकै जस्तो हुलिया भएका महिलाहरु आफ्नै गाउबाट मानवअंग बिक्रिका लागि फकाएर लैजान लागिएको अवस्थामा उद्धार गरिएपछि थापा थप त्रसित बनेका छन । यी मानव अंग तस्करीमा संग्लनहरुले साढे ५ फुट देखि ६ फुटको उचाइ र कपाल लामो हुनुपर्ने भनेका रहेछन मेरी आमाको समेत कपाल लामो थियो आमा पनि अग्लि हुनुहुन्थ्यीयो । कतै मेरी आमालाई त यीनिहरुले प्रलोभनमा त पारेनन मनोजले पत्रकार सम्मेलनमा रुदै भन्नुभयो । मानव अंग तस्करीमा लैजान तयारी पारिएकी झापा कनकाई नगरपालिका ४ इलुवावारीकी गंगा राजवंशी र हाल हराएकी महिला गिता थापा एउटै गाउकी हुनुले समेत प्रहरीलाई अनुसन्धानका लागि थप दवाव परेको छ ।