कनकाई अनलाईन
देशमा शैक्षिक क्षेत्रमा भएको विकृति अन्त्य र कर्मयोगी शिक्षकहरुको पहिचान गरि राज्य र नागरिक समाजले सम्मान गर्नुपर्ने माग सहित झापा शिवसताक्षी नगरपालिका ७ लालपानी माविका शिक्षक प्रकाशचन्द्र पौडेलले मेचीकाली पैदल यात्रा आज सक्नु भएको छ ।
करिव महिनादिन पहिले नेपालको पुर्वीद्धार मेचीपुलबाट आफ्नो यात्रा सुरु गर्नुभएका पौडेलले २९ दिनमा आफ्नो यात्रा सक्नुभएको हो । पौडेल अहिले सुदुरपश्चिमको महेन्द्रनगर मदन चोकमा पुग्नुभएको छ अव ६ किलोमिटरको दुरी हिडेपछि उहाँले आफ्नो मेचीकालीको यात्रा सक्दै हुनुहुन्छ । उहाँलाई अहिले महेन्द्रनगर क्षेत्रका मेयर र शिक्षासग सम्बन्धित व्याक्तिले भव्य स्वागत गरेर यात्राको समापन गर्दै हुनुहुने शिक्षक प्रकाशचन्द्र पौडेलले बताउनुभयो । ११ सय किलोमिटरको यो दुरी उहाँले दैनिक ३५ किलोमिटर पैदल यात्रा गर्नुभएको थियो । यसविचमा पौडेलले सय भन्दा वढी स्थानमा शिक्षासग सम्बन्धित शिक्षक तथा व्यावस्थापन समितिका मानिसहरुसग अन्र्तक्रिया गर्नुभएको थियो । आफुले यात्राका क्रममा भोगेका तितामिठा अनुभव र अनुभुतिलाई लिएर पुस्तक प्रकाशन गर्ने तथा पत्रकार सम्मेलनबाट फेसबुक लाइभ समेत कुरा गर्ने पौडेलले वताउनुभयो । पौडेलसगको यात्रा अनुभन कनकाई अनलाईनबाट विश्वभर प्रत्यक्ष प्रसारण गरिने भएको छ ।
कर्मयोगि शिक्षकहरुको पहिचान , एकता , अधिकार र सम्मान भन्ने नारा तय गरेर पैदलयात्रा निस्कनुभएका शिक्षक पौडेल शारीरिक रुपमा अपाङ्ग समेत रहनुभएको छ । दैनिक ७० किलोमिटरको यात्रा तय गर्ने बताउनुभएका ५१ ब्र्षिय शिक्षक पौडेल ३० वर्षदेखि शिक्षण गर्दै आउनुभएको छ । उहाको पैदल यात्रामा बाटोमा विभिन्न शैक्षिक तथा सामाजिक संघ संस्थाले सम्मान तथा सहयोग गर्नुभएको थियो । शिवसताक्षी वार्ड नम्बर ७ का वार्डअध्यक्ष नविन इजम तथा स्थानीय कनकाई सृजनशील क्लवले समेत पौड्यालको यात्रमा आर्थिक तथा अन्य सहयोग गरेको थियो ।शारिरीक अवस्था समेत कमजोर रहेको पौडेलको यो शैक्षिक पैदलयात्रा देशमै पहिलो भएको दावी गरिएको छ ।