Kanakai Online

कनकाई साप्ताहिक चौथो बर्षमा विकास र पर्याटनको प्रचारमा कनकाई साप्ताहिकको योगदान प्रधानमन्त्री ओली


मङ्गलवार, साउन १५, २०७५ |

डिवी सिलास राई
झापाको कनकाई नगरपालिका सुरुङ्गाबाट ३ बर्षदेखि निरन्तर प्रकाशन हुदै आएको कनकाई साप्ताहिकले तेस्रो बर्ष पुरा गरी चौथो बर्षमा प्रवेश गरेको छ ।
कनकाई साप्ताहिक तेस्रो बर्ष पुरा गरि चौथो वर्ष प्रवेश गरेको अवशरमा प्रधानमन्त्री केपिशर्मा ओलीले बधाई एवम् शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले कनकाई साप्ताहिक तेस्रो वर्ष पुरा गरि चौथो वर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाको उत्तरउत्तोर प्रगतिको कामना गर्दै कनकाई साप्ताहिकले यस क्षेत्रको विकास पर्याटन , शिक्षा , स्वास्थ्य लगायात जनसरोकारका विषयमा जनतालाई सुसुचित बनाउन महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले पत्रिकाले अनलाईन संकरण समेत सुरु गरेर जनतालाई छिनभरमै ताजा सुचना प्रवाह गरी आजको विज्ञान र प्रविधिको युगमा जनतालाई अधिकत्तम जोड्न कनकाई साप्ताहिक र अनलाइनले महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपाललाई विकसित र समृद्धि बनाउने लक्ष्य राखेकोले यस लक्ष्यलाई सफल पार्न संचार माध्यमको समेत भुमिका सशक्क्त हुने बताउनुभएको छ ।
अवका बाकी दिनहरुमा नेपालीहरु गरिबीको रेखामुनि राखिरहन नसकिने भन्दै समृद्ध नेपाल र सुखी नेपालीको महाअभियानलाई सफल पार्न समेत सबै संचारमाध्यमले भुमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
यसैगरि नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यवाहक अध्यक्ष बिपुल पोखरेलले कनकाई साप्ताहिक चौथो बर्ष प्रवेशको अवशरमा शुभकामना दिनुभएको छ ।
पोखरेलले सिमित स्रोत र साधनका विच कनकाई साप्ताहिकले अनलाइन संकरण समेत प्रकाशन गरेर नागरिकलाई निरन्तर सुचना प्रवाह गरिरहेको बताउनुभएको छ । विविध चुनौतीका विचपनि आफ्नो प्रकाशनलाई निरन्तरता दिन सकेको भन्दै पोखरेलले बधाइ ज्ञापन गर्नुभएको छ ।
महासंघ अध्यक्ष पोखरेलले मुलुक नया संघियाताको अभ्यासमा गइरहेको बताउदै यसको कार्यान्वयन सबै संरचनाहरु जवाफदेहि , पारदर्शी र नागरिकमैत्री बनाउन समेत कनकाई साप्ताहिकले भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।
यसैगरि पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले पर्यटकिय नगरी कनकाईमा प्रकाशन हुदै आएको कनकाई साप्ताहिक चौथो बर्षमा प्रवेश गरेकोमा शुभकामना दिनुभएको छ ।
सापकोटाले शुभकामना शन्देशमा पत्रकार महासंघ झापा शाखा कार्य समिति सदस्य समेत रहेका लीलाराज झापालीको सम्पादन र प्रकाशनमा प्रकाशन हुने कनकाईले नयाँ प्रविधि, नविन ज्ञान र सीपको प्रयोग गरी पत्रिकाको गुणस्तरमा बिकास गर्न सफलता मिलोस भन्दै , स्थानीय तथा खोज मुलक समाचारका लागि कनकाई साप्ताहिकले प्राथमिकतामा राख्न सुझावसहित शुभकामना व्यक्त गर्नुभएको छ ।
यसैगरि कनकाई नगरापलिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले शुभकामना दिदै कनकाई नगरपालिकाका गतिविधिलाई आम नगरवाशीमा पुर्याउन सेतुको भुमिका कनकाई साप्ताहिकले कनकाई साप्ताहिकले पुरा गरेको बताउनुभएको छ ।
नगरप्रमुख पोखरेलले कनकाई नगरपालिकाबाट प्रकाशन हुने एकमात्र संचारमाध्यम यस कनकाई साप्ताहिक तथा कनकाई अनलाईनले नगरपालिका स्थापनादेखिनै नगरपालिकाका गतिविधिलाई जनतासामु पुर्याएर पुर्याउन नगरका खबरलाई उच्च महत्व दिएको समेत बताउनुभएको छ ।
नगरप्रमुख पोखरेलले संचार क्षेत्रको सहयोगविना नेपालमा बामे सर्दै गरेको संघिय प्रणाली र शिशु अवस्थामा रहेका स्थानीय सरकार दुबै सफल हुन नसक्ने भन्दै सरकारलाई संस्थागत गरि जनताको मन जित्न पनि कनकाई साप्ताहिकले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
साथै कनकाई साप्ताहिकले नगरपालिकाको सकारात्मक कार्यको प्रशंसा र नकरात्कम कार्यको आलोचना समेत गरेर नगरपालिकाको कार्यमा प्रोत्साहन गर्न समेत अनुरोध गर्नुभएको छ । यसैगरि भष्ट्राचारमुक्त समाज र नगरपालिका बनाउने काममा समेत सहयोग गर्न नगरप्रमुख पोखरेलले अनुरोध गर्नुभएको छ । यसैगरि कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र कार्कीले समेत कनकाई साप्ताहिक चौथो बर्ष प्रवेशको अवशरमा शुभकामना व्याक्त गर्नुभएको छ ।
उहाँले विगत तीन वर्षदेखि निरन्तर प्रकाशन हुदै आएको साप्ताहिकले यस क्षेत्रका जनतालाई स्थानीय तथा राष्ट्रिय अन्तराष्ट्रिय घटना , कला सस्कृति पर्यटन सम्बन्धि जानकारी गराउदै आएको बताउनुभएको छ ।
कार्कीले विभिन्न आरोहअवरोहका विच मोफसलबाट निरन्तर रुपमा प्रकाशन हुदै आएको यस साप्ताहिकले आगामी दिनमा यस क्षेत्रका बासिन्दालाई अझ बढी सत्य तथ्य र विश्वसनीय समाचार प्रकाशन गर्दै जाने र नागरिकको सुचना प्राप्तिको हकलाई संरक्षित गर्न शुभकामना दिनुभएको छ । साथै कनकाई साप्ताहिकको गुणस्तर अभिबृद्धि गरि नगरवाशीको सुचनाको हकलाई संरक्षण गर्न नगरपालिका सहकार्य र सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
यसैगरि कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौला र सचिव मनोज बस्नेतले समेत कनकाई साप्ताहिक चौथो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्याक्त गर्नुभएको छ । कनकाई नगरपालिकामा मुख्य कार्यालय रहेको साप्ताहिकले झापा जिल्लाभर र देशका गतिविधिलाई प्राथमिकताका साथ प्रकाशन प्रशारण गर्दै आएको कनकाई साप्ताहिक र कनकाई अनलाईनले ओझेलमा परेका साहित्यकार , कलाकार र विभिन्न घटनाहरुलाई रोचक र पठनयोग्य बनाएर प्रस्तुत कनकाई साप्ताहिकले गर्दै आएको प्रेस क्लवले जनाएको छ । पत्रिका आवाजविहिनहरुको आवाज बन्दै गएको प्रेस क्लवले जनाएको छ ।
 

सम्बन्धित खबर