कनकाई अनलाईन
सुरुङ्गा / नगरपालिका ३ सुरुङ्गा स्थित प्यारागन एकाडेमी अंग्रेजी माविले विशेष सांस्कृतिक एवम् सांगितीक प्रस्तुतीका साथ विद्यालयको वार्षिक उत्सव साथै अभिभावक दिवस सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयको शैक्षिक गतिविधि साथै भावि योजनाका वारेमा प्रष्ट पार्दै प्रिन्सिपल डिआरसुवेदीले समयको मागसँगै विद्यालयमा अत्याधुनिक प्रविधिको स्मार्ट वोर्डको प्रयोगवाट विशेष कक्षा संचालन गर्ने योजना रहेको वताए ।
प्रशस्त सम्भावना बोकेका आजका वालवालिकाको उज्ज्वल भविष्य निर्माणमा समय सापेक्ष शिक्षाका लागि विद्यालयले कुनै कसुर वाँकी नराख्ने विद्यालयका प्रिन्सिपल सुवेदीले वताएका छन् । विद्यालयकी संस्थापक अध्यक्ष चम्पा सुवेदीले मुलुकको समृद्धिका लागि गुणात्मक शिक्षा प्रदान गर्दै विद्यार्थी, विद्यालय र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर वनाउँन विद्यालयले अभिभावकहरुसँग विभिन्न समयमा अन्तरक्रिया,गोष्ठी संचालन गर्दै आएको वताएकी छन् । वालमैत्री शिक्षण सिकाईमा आधारित रहेर संचालन भइरहेको यस विद्यालयले सामुदायिक विद्यालयसँग समेत सहकार्य गर्दै जाने दिर्घकालिन योजना वनाएको संस्थापक सुवेदीले वताएकी छन् ।
कार्यक्रमकै अवसरमा विद्यालयका संस्थापक संचालक स्व।लक्ष्मण सुवेदीको जीवनीसँग सम्वन्धित वृत चित्र प्रस्तुत गरीएको थियो । वार्षिक उत्सवको अवसरमा प्यारागन एकाडेमीका विद्यार्थीहरुले हरेक युवाहरुलाई सचेत गराउँने उद्येश्यले सन्देश मूलक नाटक प्रस्तुत गरेका थिए । कक्षा १० मा अध्ययनरत विद्यार्थी विपन गौतमको लेखन तथा शिक्षक शम्भु निरौलाको संयोजन रहेको “जागीर” नामक नाटकले शैक्षिक वेरोजगार युवाहरु विदेश पलायन भएर मुलुकले ठूलो व्यय भार वेहोर्नु परेको तितो यथार्थलाई दर्शक सामु छर्लङ्ग पारेको थियो । स्वदेशमै रोजगारको अवस्था सृजना गर्न राज्यलाई सन्देश दिनु नाटकको मुख्य उद्येश्य रहेको वताइएको छ । विद्यालयका शिक्षकहरुवाट निर्देशित विभिन्न जातजाती, धर्मसंस्कृति झल्कने भेषभूषामा सजिएका विद्यार्थीहरुको विशेष सांस्कृतिक एवम् सांगितीक प्रस्तुतीलाई कार्यक्रममा प्रमुख अतिथी, अन्य अतिथीहरु लगायत अभिभावकहरुले उत्सुकताका साथ अवलोकन गर्दै भरपूर मनोरञ्जन लिएका थिए । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष एवम् संचालक चम्पा सुवेदीको सभापतित्व एवम् प्याव्सन प्रदेश नं।
१ का अध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, विद्यालयका संरक्षक त्रिलोचन सुवेदी र मेनका सुवेदीको विशिष्ट आतिथ्यता रहेको थियो । प्याव्सन प्रदेश नं। १ का प्रमुख सल्लाहकार गोविन्द लम्साल लगायतले शुकामना मन्तव्य राखेको कार्यक्रममा प्यारागन एकाडेमीले प्राप्त गरेको इन्टरनेशनल स्कुल अवार्डका वारेमा संवन्धित विषयका संयोजक शिक्षक चुडामणि निरौलाले प्रष्ट पारेका थिए ।
विद्यालयका शिक्षक एवम् कार्यक्रम संयोजक शम्भु निरौलाले स्वागत गरेको औपचारीक कार्यक्रमको संचालन शिक्षक गुरुप्रसाद पौडेलले गरेका थिए भने सांस्कृतिक कार्यक्रमको संचालन विद्यालयका विद्यार्थीहरु विपन गौतम, रिचा गिरी, विनिशा पाण्डे, अस्वीन दहाल, अनुष वोहोरा र प्रकृति पाठकले गरेका थिए ।