कनकाई अनलाईन।
कनकाई नगरपालिकाका वालवालिकाहरुको क्षमता अभिवृद्धि तथा नेतृत्व विकासका क्षेत्रमा यस कनकाई नगरको वाल संजाल लागिपरेको छ ।
वाल संजाल कनकाईका अध्यक्ष नविन गौतमको नेतृत्वमा यस क्षेत्रका प्रत्येक वार्डमा यस किसिमको कार्यक्रमहरु अगाडि वढाइएको हो ।
यसैविच कनकाई नगरपालिकाको वार्डनम्बर ५ मा हालै एकता बाल क्लवको आयोजना तथा कनकाई नगरपालिकाको आयोजनामा यस क्षेत्रका वालवालिकाहरुका लागि स्थानीय बेनुबाजा आमाविमा २ दिने नेतृत्व विकास बालमैत्री नगरपालिका , लागुऔषध दुव्र्यसन लगायातको विषयमा यस क्षेत्रका ४० वालवालिकालाई २ दिनसम्म तालिम दिइएको थियो । तालिमलाई कनकाई नगर वालसंजालका अध्यक्ष नविन गौतम , सुरुङ्गा सहकार्य युवा क्लवका पुर्वअध्यक्ष राजकुमार कट्टेल , कनकाई नगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राजीव विष्ट लगायातले यसवारेमा प्रशिक्षण दिनुभएको थियो ।
कनकाई नगरपालिका वार्डनम्बर ५ का वडाअध्यक्ष कृष्ण राईको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा नगरका वार्ड सदस्य सावित्रा वर्देवा , बेनुवाजा आमाविका पिन्सिपल विनोद सुब्बा लगायातले यस प्रकारको तालिमले वालवालिकालाई समसामयिक वातावरणमा घुलमिलहुन सहज हुने र कनकाई नगरलाई चार्डै बालमैत्री नगरका रुपमा विकास गर्न मद्धत मिल्ने विश्वास व्याक्त गर्नुभयो । यस प्रकारका कार्यक्र कनकाई नगरका अन्य वार्डहरुमा समेत क्रमश आयोजना गरिदै लैजाने कनकाई नगर वाल संजालका अध्यक्ष नविन गौतमले बताउनुभयो ।