कनकाई अनलाईन
सुरुङ्गा । कनकाई नगरका पुराना पत्रकार तथा साहित्यकार तुलसीदास श्रेष्ठ सम्मानित हुनुभएको छ ।
कनकाई सामुदायिक वन उपभोक्ता समुह सुरुङ्गाले आफ्नो २० औँ वार्षिक साधरणसभाको अवशर पारेर साहित्यकार तथा पत्रकार श्रेष्ठलाई दोसल्ला , नगद सहित सम्मानित गरिएको हो । झापा क्षेत्रनम्बर ४ का सांसद एलपीसाँवा लिम्बु , प्रदेशसभा सदस्य हिरा थापा , कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल कांग्रेसका प्रभावशाली नेता देउमान थेवे , लगायातले सम्मान गर्नुभएको हो ।
श्रेष्ठ ३ दशकदेखि निरन्तर रुपमा साहित्य साधना तथा पत्रकारितामा क्रियाशील रहदै आउनुभएको छ । उहाँका आधा दर्जन उपन्यास , कथा सग्रह तथा कविता सग्रह प्रकाशित भइसकेका छन भने अन्य कृति समेत प्रकाशनको तयारीमा रहेका छन । रासस , विवेचना दैनिक , पुर्वाचल दैनिक , प्रतिदिन दैनिक , लगायातमा काम गरीसक्नुभएको छ , भने हालपनि विभिन्न पत्रपत्रिकामा लेख आलेख , संस्मरण तथा समसामयिक लेख रचना प्रकाशन गदै आउनुभएको छ ।
हरेक वर्ष जिल्लाका उत्कृष्ठ तथा लामो समय पत्रकारितामा योगदान पुर्याउने पत्रकारमध्येबाट एकजनालाई नगदसहित सम्मान गर्दै लैजाने सामुदायिक वनको निति अनुसार यसवर्ष श्रेष्ठलाई सम्मान गरिएको कनकाई सामुदायिक वन समुहका अध्यक्ष ख्याम ओलीले बताउँनुभयो । अघिल्लो वर्षबाट सुरु गरिएको यस अभियानको पहिलो वर्ष गोरखापत्र दैनिकका विर्तामोड समाचारदाता तथा कनकाई साप्ताहिकका सम्पादक लीलाराज झापालीलाई यस पुरस्कारवाट सम्मानित गरिएको थियो ।