कनकाई अनलाईन
विवेचना दैनिकले आयोजना गरेको एक दिने निशुल्क आधारभुत पत्रकारिता तालिम मंगलबार वाह्रदशी गाँउपालिकामा सम्पन्न भएको छ । जिल्लाका १५ वटै स्थानिय तहमा संचालन हुने तालिम वाह्रदशी गाउँपालिकामा तेश्रो हो । यस अघि जिल्लाको शिवसताक्षी र वुद्धशान्तिमा सम्पन्न भएको तालिम सम्योजक विनोद सापकोटाले वताएका छन । उनका अनुसार माघ ७ गते हल्दीवारी गाउपालिकामा तालिम हुने छ ।
स्थानिय तहका प्रत्येक वडा वाट २ महिला सहित वढीमा ५ जनालाई आधारभुत पत्रकारिता तालिम विवेचना प्रकाशन समुहले प्रदान गर्दे आएको छ । वाह्रदशी गाउँपालिकाको सभाहलमा मंगलवार भएको तालिममा २७ महिला सहित ५३ जना सहभागी थिए । तालिमको सहजीकरण कान्तिपुर मिडिया ग्रुपका पत्रकार अर्जुन राजवंशी, विवेचना दैनिकका सम्पादक हिमाल खरेल र खेलुकुद पत्रकार मन्च झापाका अध्यक्ष रमेश समदर्शी राईले गरेका थिए ।
तालिमको समापन सत्रमा प्रमुख अतिथी समेत रहेका वाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजंवशीले विवेचनाले वाह्रदशीलाई सुसासन र संचार मैत्रि वनाउन गरेको योगदानको प्रसंसा गरे । उनले वाह्रदशीका सवै वडाबाट तालिममा सहभागी भएका युवा युवतिले गाँउ, घर र समाजको जस्तो सुकै सुचना संकलन र संप्रेसण गरेर गाँउपालिकालाई संचार मैत्रि बनाउन सहयोग गर्नुपर्ने वताए । उनले भने हरेक वडामा गाँउपालिकाले शिक्षा, स्वास्थ्य, कृषी लगायतका विषयमा वजेट विनियोजन गरेको छ त्यसको समुचित प्रयोग भयो भएन भन्ने विषयमा हेक्का राख्न सहभागीलाइ आग्रह गरे ।
गाउपालिकाकी उपाध्यक्ष रत्ना कुमारी राजवंशीले गएको गाँउ परिषदमा केहि कमिकमजोरी भएपनि आगामि गाँउ परिषदमा जनप्रतिनिधि सच्चीएर प्रस्तुत हुने वताईन । गाँउपालिकाको कार्यलय अपाँङ्ग र वाल मैत्रि नभएको गुनासो तालिम हलमै उव्जीएका वेला उनले भनिन् जनप्रतिनिधी नयाँ र अनुभवहिन भएकाले केहि समस्या भयो अव वाह्रदशी गाउँपालिकालाई हामि अपाङ्ग र वाल मैत्रि वनाउन आगामि वर्षको गाउँ परिषदवाट स्वीकृत गराएर योजना वद्ध ढंगले अघि वढ्ने छौ ।
गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीकुमार नेपालले वाह्रदशी गाँउपालिका लाई नमुना गाँउका रुपमा विकास गर्न आफुहरु तत्पर रहेको वताए । उनले गएको गाँउपरिषदबाट २४ करोड ४८ लाख रुपैयाँको वजेट प्रस्तुत भएको पनि सुनाए । उनले भने सवैवडालाई सुसासन मैत्रि वनाउन र सवै नागरिकलाई सुचनाको हक गाँउपालिकाले प्रदान गर्ने गरेको छ ।
तालिम उद्धघाटन सत्र वडा नम्बर ५ का वडा अध्यक्ष भुपेन्द्र कटवालको प्रमुख आतिथ्यमा भएको थियो । उनले विवेचनाले १ दिने आधारभुत पत्रकारीता तालिम संचलन गरेर प्रत्येक वडा वाट ५ जनालाई सहभागी गराएर ठुलो गुन लगाएको वताए । उनले भने विवेचनाको शिक्षा कोषलाई वाह्रदशी गाँउपालिका र सिङ्गो वडा नम्बर ५ ले सहयोग गर्ने छ ।
विवेचना प्रकाशन समुहका अध्यक्ष तेजमणी प्रसाईको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत सम्पादक हिमाल खरेलले गरेका थिए भने तालिमको औचित्य माथी प्रकाश प्रवन्धक निर्देशक नविन खरेलले गरेका थिए । तालिम समापन कार्यक्रममा सहभागीका तर्फवाट शुसीला वोहोरा कार्की र सन्तोष सुवेदीले तालिमवाट प्राप्त शिपलाई पेसागत रुपमा उतार्ने वताए । तालिम उद्धघाटन र समापन सत्रको कार्यक्रम संचालन तालिम संयोजक विनोद सापकोटाले गरेका थिए ।