कनकाई अनलाईन
सुरुङ्गा पुस २१ गते । अत्याधिक जाडोका कारण स्कुलमा विद्यार्थी पठनपाठनका लागि आउन छाडेपछि यहाँस्थित पन्चकन्या आधारभुत विद्यालयका विद्यार्थीहरुलाईलायन्स क्लव अफ कनकाई सुरुङ्गाले जाडोको न्यानो कपडा वितरण गरेको छ ।
शिशु कक्षादेखि कक्षा ३ सम्म पढाई हुने यस कनकाई नगरपालिका २ सुरुङ्गामा रहेको यस विद्यालयमा हाल मुस्किलले ५० जना मात्रै विद्यार्थी विद्यालय आउने गरेको विद्यालयकी शिशिका लीला थापामगरले बताउँनुभयो । लायन्स क्लवले सो विद्यालयमा गएर सवै विद्यालय आएका ६० जना विद्यार्थीलाई शरिरमा मिल्ने प्रकारका न्याना कपडाहरु ज्याकेट , पेन्ट , स्वीटर लगायातका लुगा विद्यार्थीलाई आफै छान्न लगाएर वितरण गरेको हो ।
लायन्स क्लव अफ कनकाईका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाका अनुसार स्थानीय व्यावसायी दयानन्द वंशलले उपलव्ध गराइदिएको कपडाहरुमा थप कपडाहरु संस्थाले खरिद गरेर झापा तथा इलामका विभिन्न स्थानमा गएर जाडोको कपडा वितरण गर्दै आएको छ । यसैविच जाडोको कपडा पाएपछि यस पन्चकन्या आधारभुत विद्यालयमा विद्यार्थीहरु नियमित रुपमा विद्यालय आउन थालेका छन । गरिव तथा सन्थाल आदिवाशी विद्यार्थीहरुमात्रै अध्यान गर्ने यस विद्यालयमा चरम गरिवीका कारण अभिभावकहरुले आफ्ना नानीहरुका लागि दसैंमा लुगा सिलाउदा समेत स्कुलकै ड्रेस सिलाइदिने गरेका छन र सोही लुगाकै भरमा अंधिकांस विद्यार्थी स्कुल आउने गरेका छन ।
फोटो ः जाडोको कपडा वाढ्दै लायन्सका संस्थापक लीला चिमरिया