लीलाराज झापाली ।
दक्षिणी झापा झापा गाउँपालिकामा गत साउन १९ गते भएको वाढीवाट विस्तापित घरविहिन १३९ जना विस्तापितलाई सहारा नेपालले निशुल्क अस्थायी घर निर्माण गरेर आफ्नै घरमा राखेको छ ।
.दातृ संस्था हेमिट्याट फर हुमानेटी इन्टरनेशनल .को सहयोगमा सहारा नेपालले यस क्षेत्रमा विस्तापित बनेर स्थानीय कुवाडीदेवि आधारभुत विद्यालय तथा आफ्नै भत्किएका भग्नाअवशेषका घरमा जाडोको समयमा पनि कष्टकर रुपमा वस्दै आदिवाशी सन्थाल , तथा दलित परिवारलाई बाँस , टिन र त्रिपालले बनेको एकैप्रकारका घरहरु निर्माण गरेर विस्तापित परिवारलाई राखिएको हो । भत्किएका र कामै नलाग्ने घरहरुलाई सहारा नेपालको प्राविधिक टोलीले प्राविधिक सहयोगमा घरहरु निर्माण गरिदिएको सहारा नेपाल कुमरखोद साँखाका प्रमुख सागर ओझाले बताउँनुभयो ।
एकल महिला र घर बनाउनका लागि श्रम गर्न नसक्नेहरुका लागि भने लेवर चार्जवापत समेत केहि रकम सहाराकै तर्फबाट उपलब्ध गराइएको ओझाले बताउनुभयो । यसरी घरै बनेपछि विस्तापित जिवनबाट देशै छोडेर शरणार्थी बनेर भारतीय क्षेत्रमा जानेहरु पनि सहारा नेपालले घर बनाइदिएपछि पुन आफैँ देशमा फर्कनेहरु समेत रहेका छन । यसरी आफ्नो घर वगाएपछि सहारा केहि नभएपछि भारतमा आफ्न्तकोमा गएर शरणर्थी जिवन विताउँने ४५ वर्षे मन्जली मुर्मु सहारा नेपालले घर बनाइदिएपछि नेपाल फर्कनुभएको छ ।
उहाँ घर खोलाले लगेपछि विस्तापित भएर स्थानीय स्कुलमा वस्नुभएको थियो स्कुल लाग्न थालेपछि आफ्न्तको शरण खोज्दै २२ किलोमिटर टाडाको विहार राज्यमा गएर उत्तै गएर वस्न थाल्नुभएको थियो । आफ्नो नेपालमा सम्पत्तिको नाममा खोलाले घर लगेपछि वालुवासरीको घडेरीमात्रै रहेपछि बस्ने ठाउँको खोजीमा आफन्तकोमा भारतमा गएर उत्तै जनमन गर्न थालेको मन्जली वताउँनुहुन्छ । तर एक पटक छरछिमेकका वारेमा वुझ्न आउदा सहारा नेपालले घर नहुनेहरुका लागि घर बनाइदिने गरेको सुनेपछि आफु यतै घर बनाएर वस्न मन गरेर सहाराको अपिसमा गएर भनेको वताउँनुभयो । घर थिएन भने फेरी कहिले आउनेथिए तर अव नेपालमै वस्छु अव भारत जाने भनेको चाडपर्वमा मात्रै हो उहाँले भन्नुभयो । हाल मन्जलीका ६ जनाको परिवार पुरै स्वदेश फर्किसकेका छन । सो क्षेत्रमा उनी जस्ता धेरैजना विस्तापितहरुले नयाँ घर पाएका छन , भने घर बनेर विस्तापितहरु आफ्नै घरमा रहन थालेपछि स्थानीय कुवाडीदेवि , सिमलवाडी लगायातका विद्यालयहरु समेत सुचारु हुन थालेका छन ।
विस्तापित तथा घरवाहविहिनको नेपाल सरकार तथा रेडक्रसको सहयोगमा पहिचान गरेर घरमा जन हुनेहरुलाई प्रतिघर ७० घना बाँस , त्रिपाल , टिन र डोरी लगायातका सामाग्री सहित प्राविधिक सहयोग गरिएको तथा घरमा जन नहुनेहरुका लागि लेवर खर्च समेत उपलब्ध गराइएको सहारा नेपालका कुमरखोद साँखा प्रमुख सागर ओझाले बताउँनुभयो ।