Kanakai Online

पिकअपको ठक्करबाट दुईजनाको मृत्यु


शुक्रवार, साउन १८, २०८१ |

कनकाई अनलाईन
झापाको हल्दिवारी गाउँपालिका वडा नम्वर ५ सोडागान्धी चोकस्थित हुलाकीमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालक २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुने झापा हल्दिबारी ५ बस्ने ३१ वर्षीय प्रेम प्रसाई र सुनसरी बराहक्षेत्र –१० प्रकाशपुर बस्ने २१ वर्षीय डिकेश कार्की भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीवार साँझ ७.१५ बजे हुलाकी मार्गमा राजगढबाट जलथलतर्फ आउँदै गरेको मे १ ज ३२६१ नं. को पिकअप गाडीले जलथलबाट राजगढतर्फ जाँदै गरेको मे ९ प ९६८५ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका प्रसाई र कार्की गंभीर घाइते भएका थिए । दुवैलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड ल्याइएकोमा उपचारको क्रममा राति ८ वजे चिकित्सकले मृत घोषणा गरेका थिए । पिकअप र पिकअप चालक भद्रपुर नगरपालिका वडा नम्वर २ वस्ने ३७ वर्षीय दिपेन राईलाई इलाका प्रहरी वनियानी झापाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय ल्याउँदै गरेको र मोटरसाइकल प्रहरी चौकी जलथलको नियन्त्रणमा रहेको जनाइएको छ ।