Kanakai Online

करेन्ट लगाएर माछा मार्दा एकको मृत्यु


सोमवार, साउन ७, २०८१ |

कनकाई अनलाईन
झापाको दमक नगरपालिका ३ धिमाल टोलको खोल्सीमा करेन्ट लगाई माछामार्ने क्रममा घाईते स्थानीय १९ बर्षिय मौसम राईको उपचारका क्रममा मृत्यु भएको छ ।


इलाम सुर्योदय नगरपालिका १३ लक्ष्मीपुर घरभई दमकमा बस्दै आएका राई सोमवार दिउसो २ बजेको समयमा करेन्ट लगाएर माछा मार्नेक्रममा घाईते हुनुभएको थियो । घाईते राईको उपचारका लागि दमक आम्दा अस्पतालमा लगिएकोमा उपचारका क्रममा सोहिदिन साढे ३ बजे मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसवारेमा प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।