Kanakai Online

कोटीहोममा यस बर्ष भव्य बोलबम मेला लाग्ने


बुधवार, साउन २, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई माई नदि किनारामा रहेको कोटीहोम क्षेत्रमा यस बर्षदेखि हरेक सोमवार भव्य कोटीहोम बोलबम धार्मिक मेला लाग्ने भएको छ ।


हरेक सोमवार गरि साउन महिनाभर कोटीहोमलाई लक्षित गरि कोटीहोममा कनकाई माईमा गएर जल ल्याउने
र कनकाई माई किनारामा रहेको कनेकेश्वर महादेवको मन्दिर र लिङ्गमा ल्याएर जल चढाउने कार्यक्रम बनाइएको आज कनकाई धाम धार्मिक विकास संस्थामा आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । धाम समितिका अध्यक्ष शेरबहादुर थापाले यस बर्ष कोटीहोममा भव्य बोलबम मेला लगाइने र यसका लागि सबै तयारी पूरा गरिसकेको जानकारी दिनुभयो । जसमा भक्तजनको सुविधा र सुरक्षा संवेदनशीलतालाई ध्यानामा राखेर सबै तयारी पूरा गरिसकिएको तथा यस बर्पको मुख्य आकर्षणका रुपमा हरेक सोमवार कनकाई आरतीको सुरुवात गरिने तथा हरेक सोमवार देशका चर्चित कलाकारहरु, धु्रब पाठक, राजु अधिकारी, दुर्गा ओली, तुलसा पाठक लगायातका साथमा भजन किर्तन गरिन लागेको समेत जानकारी दिनुभयो ।
यसैगरि कनकाई धार्मिक विकास संस्था कोटीहोममा, पुजा अर्जना गौशाला निर्माण, गूरुकुलको प्रचार प्रसार, शिव पन्चायान मन्दिर, बन्धु समुदायको गोत्रिय मन्दिर र भवनका प्रचार प्रसार, गणेश हनुमान मन्दिर, योगि नरहरिनाथको शालिक, दुर्गा भगवती मन्दिर लगायातका मठ मन्दिरहरुको उचिन प्रचार गरिन लागेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यस कोटीहोम परिसरमा २४ वटा बन्धुहरुको गोत्रिय संस्था रहनुको साथै ३ बिगाह १३ कठ्ठा १० धुर जमिनमा फुलवारी सहितको धार्मिक मठमन्दिर रहिआएको छ । पत्रकार सम्मेलनमा बोल्दै धामि समितिका बरिष्ठ उपाध्यक्ष निर्मलकुमार खतिवडा, उपाध्यक्ष अम्बिका खरेल, प्रकाश थापा, पुर्व अध्यक्ष नवलकिसो दत्त लगायातले यसपटकको बोलबम धार्मिक मेलाको भव्य तयारी पूरा गरिसकेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनको सञ्चालन कोटीहोम धार्मिक विकास समितिका महासचिव दिनानाथ खतिवडाले गर्नुभएको थियो । यसैविच पत्रकार सम्मेलनका विच झापा दमक ६ निवासी हिरण्यकुमार ढुङ्गेल र श्रीमती दुर्गादेवि ढुङ्गेलले २५ लाख रुपैँया खर्चिएर लक्ष्मीनारायणको मन्दिर निर्माणको घोषणा गर्नुभयो ।