Kanakai Online

सुरुङ्गा सडक दुर्घटनामा परि युवकको मृत्यु


मङ्गलवार, साउन १, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका २ सुरुङ्गामा मोटरसाईकललाई यात्रुवाहक बसले ठक्कर दिई दुर्घटना हुँदा मोटरसाईकल चालक कमल गाउँपालिका ५ का ४१ बर्षिय लक्ष्मीप्रसाद सुब्बाको मृत्यु भएको छ ।


सोमवार हिजो साँझ ७ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्रदेश १—०१—००१—ख ३४२३ नम्बरको यात्रुवाहक बसले विपरित दिशातर्फ जादै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाईकलाई ठक्कर दिएको थियो । मोटरसाईकल चालक सुब्बाको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा राती ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीले ठक्कर दिने बस र यसका चालकलाई नियन्त्रण लिएको जनाएको छ ।