Kanakai Online

जामुनवारी र प्रजापतिमा वृहत वृक्षारोपण, पुर्व मुख्यमन्त्री कार्कीद्धारा उद्घाटन


आइतवार, असार ३१, २०८१ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ र २ नम्बर वार्डमा रहेका जामुनवारी सामुदायिक वन र प्रजापति सामुदायिक वन समुहको हाताभित्र वृहत वृक्षारोपणको आयोजना गरिएको छ ।


यहाँस्थित लायन्स क्लव अफ कनकाई दुर्गापुरको आयोजनामा यहाँका दुई सामुदायिक वनसमुहको हाताभित्र वृहत वृक्षारोपणको आयोजना गरिएको हो ।


लायन्स क्लव अफ कनकाई दुर्गापुरका अध्यक्ष तिलचन रिजालको अध्यक्षतामा भएको वृहत वृक्षारोपणको उदघाटन कोशी प्रदेशका पुर्वमुख्यमन्त्री केदार कार्कीले गर्नुभयो । उक्त वृक्षारोपण कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, लायन्स क्लव अफ इन्टरनेशनल डिस्ट्रिक फस्ट गर्भनर लायन बबरजंग थापा, जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष परशुराम गिरी लगायातको लायन्सकर्मीहरुको वाक्लोे उपस्थितिमा भएको वृक्षारोपण कार्यक्रममा वन क्षेत्रको खाली स्थानहरुमा विभिन्न किसिमका वनस्पति र फलफुलका विरुवा रोपिएको थियो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै सहभागिहरुले वृक्षरोपणलाई स्कुल कलेज लगायातका संघसंस्थाहरुको बार्षिक क्यालेण्डरनै बनाएर निरन्तता दिदै जानुपर्ने र रोपिएका विरुवालाई समेत संरक्षणको उत्तिकै जरुरत पर्ने भन्दै यसका लागि समेत कार्यतालिका बनाउदै लैजान अनुरोध गरेका थिए । कार्यक्रममा बोल्दै जामुनवारी सामुदायिक वन समुहका अध्यक्ष परशुराम गिरीले आफुहरुले पर्याप्त आर्थिक समस्या र जनशक्तिको कमिका कारण चाहेर पनि आवश्यकताअनुसार वृक्षारोपण गर्न नपाएको भन्दै सामुदायिक वन परिसरमा विरुवा रोपेर अभियान सञ्चालन गर्नेसंस्था तथा अभियान्ताको कार्यलाई खुलेर प्रसंसा गर्नुभयो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पुर्वमुख्यमन्त्री केदार कार्कीले आफुले ंजगंल र जंगली जनावारहरुको सुरक्षित वासस्थानको सुरक्षा गनुैपर्छ भनेर अभियान समेत सञ्चालन गर्दै आएको बताउँदै सामुदायिक वनहरुमा मौरी पालन गर्नेदेखि लिएर हात्ती लगायातका जंगलीजनावारहरुको संरक्षणका लागि जंगलमै फलफुलको विरुवा रोप्नेसम्मका कार्यक्रमहरु सञ्चालन सुरु गर्नका लागि योजना बनाइसकेको र कतिपय अवस्थामा लागु गरिसकेको जानकारी दिनुभयो । जंगली जनावारलाई मानिसले पहिलो अप्ठ्यारोमा पारेका कारण अहिले मानवजाति समेत जनावारहरुबाट समस्यामा परेको मुख्यमन्त्री कार्कीको भनाइं थियो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले सामुदायिक वनहरुमा पहिले पाइने वनस्पतिहरु लोपहुदै जानु चिन्ताको विषय भएको भन्दै रुख विरुवा रोपण र हुर्काउनका लागि वनसमुह र स्थानीय सरकारविच हातेमालो हुनु आवश्यक रहेको र यसका लागि स्थानीय सरकार तयार रहेको बताउँनुभयो । स्थानीय सरकारले समेत कनकाई नगरपालिका क्षेत्रमा रहेका ४ सामुदायिक वनसम्हलाई पालैपालो योजना अनुसार बजेट विनियोजन गर्ने गरेको जानकारी दिनुभयो ।

लायन्स क्लवले आफ्नो बार्षिक क्यालेण्डरनै बनाएर भानु जयन्तीका अवशरमा सामुदायिक वन र स्थानीय अन्य संघ संस्थाहरु प्रजापति सामाजिक क्लव, प्रगतिशिल बाल सञ्जाल, सक्षम वडा वाल सञ्जाल, सरस्वती वाल सञ्जाल लगायात सग समन्वय गरेर वृक्षरोपण गरेको लायन्स क्लव अफ दुर्गापुरका संस्थापक अध्यक्ष दिपक खतिवडाले जानकारी दिनुभयो ।