Kanakai Online

झापामा डुबेर २ को मृत्यु


सोमवार, असार २५, २०८१ |

कनकाई अनलाईन
झापामा आज अलग अलग स्थानमा डुबेर दुई जनाको मृत्यु मृत्यु भएको छ । घर अगाडि रहेको सानो माई खोलाको खाल्डोमा डुबेर स्थानीय झापा गाउँपालिका–२ स्थित सडकवाडी गाउँका रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलमको मृत्यु भएको छ ।

घर अगाडी रहेको सानो माई खोलामा डुबेर ती बालकको आइतबार बिहान ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै, बाह्रदशी गाउँपालिका २ स्थित राजगढ निवासी ६५ वर्षीय मोहन राजवंशीको स्थानीय पैनीमा डुबेर मृत्यु भएको छ ।

स्थानीयले शनिबार राति साढे ९ बजे डुबेको अवस्थामा उनको शव पैनीबाट बाहिर निकालेका थिए । उनको शव नजिकै साईकल समेत फेला परेको थियो । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।