Kanakai Online

कामाटोलीमा हम्मर प्रहार गरि श्रीमतीको हत्या


शुक्रवार, असार २२, २०८१ |

कनकाई अनलाईन
आज झापा गाउँपालिका ३ कामाटोलीमा श्रीमानले फलामे हम्मर प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरि श्रीमान फरार भएका छन ।

झापा गाउँपालिका–३ कामाटोली निवासी अन्दाजी २७ वर्षीया अनिशाकुमारी गणेशको फलामको हम्मर प्रहार गरि आफ्नै श्रीमान सतिश गणेश फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रवार दिउसो घरमा कोही नभएको अवस्थामा श्रीमान सतिशले श्रीमती अनिशाकुमारीलाई फलामको हम्मरले हानेर फरार भएका थिए । अनिशाको टाउको फलामे हम्मर प्रहार गरी हत्या गरिएको छ । बेलुकी ४ बजेपछि उनकी २ छोरीहरु स्कुलबाट घरआउदा मात्रै आफ्नी आमाको हत्या भएको चाल पाएको प्रहरीले जनाएको छ ।
दिउँसो पौने ४ बजे दुई छोरी विद्यालयबाट घर फर्किएपछि आमा कोठामा रक्ताम्मे अवस्थामा खाटमा लडेको देखेपछि तत्काल छरछिमेकलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी टोली घटनास्थल पुगेका थिए । घटना शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा हुनुपर्छ । सोही बेला सतिशलाई स्थानीयले अनिशाको घर आसपास देखेका थिए ।
अनिशा श्रीमान् सतिशलाई छाडेर दुई छोरीसहित छुट्टै बस्दै आएकी थिइन् । अनिशा र सतिशबीच सम्बन्ध राम्रो थिएन । सतिशले पहिला पनि श्रीमतीलाई कुटपिट गर्दै आइरहेका थिए ।
उनीहरू सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगिसकेको र पटक पटक गाउँ छिमेकीमा सो विषयमा छलफल समेत भइसकेको स्थानीयले बताएका छन् ।
अनिशाको माइती घर झापा गाउँपालिका–७ पर्छ । यता प्रहरीका अनुसार घटनापश्चात् सतिश फरार रहेको र उनको खोजी कार्य भइरहेको जनाएको छ ।
माईती पक्षले यो समाचार तयार पार्दासम्म हत्यारालाई तत्काल पक्राउ गर्नुपर्ने माग राख्दै अनिशाका माईती पक्षले शवलाई उठाउन दिइरहेका छैनन ।
फोटो ः हत्या गरिएको घर अगाडि माईती पक्षले दिएको धर्ना तस्वीर

सम्बन्धित खबर