Kanakai Online

रोटरीले सार्वजनिक गर्यो साहित्य महोत्सवको आयव्याय


बिहिवार, असार २१, २०८१ |

कनकाई अनलाईन
गत फागुन १४,१५र १६ गते झापाको सुरुङ्गामा भएको वृहत कनकाई कला संस्कृति तथा साहित्य महोत्सवको आयव्याय पत्रकार सम्मेलनको आयोजना गरि आयोजक संस्था रोटरी क्लव अफ सुरुङ्गाले सार्वजनिक गरेको छ ।
संस्थामा आयोजित पत्रकार सम्मेलनमा महोत्सवका संयोजक रहनुभएका रोटरीयन अखिलकुमार कोइरालाले कला महोत्सवमा भएको आयव्यायको जानकारी दिनुहुदै कला सस्कृति महोत्सवमा कुल १२ लाख ५७ हजार २०० रुपैँयाको आयव्याय प्रस्तुत गर्नुभयो । जसमा रोटरी डिस्ट्रिकबाट नगद २ लाख, रोटरियनहरुबाट संकलित १ लाख ३० हजार, स्थानीय कनकाई नगरपालिका सहित संघ संस्था बैँक वित्तिय संस्थाबाट प्राप्त ६ लाख १७ हजार, व्यापार व्यावसायीहरुबाट संकलित १ लाख र व्याक्तिगत सहयोगबाट नगद १ लाख ५० हजार रुपैँया संकलन गरिएको र सोहि अनुसार खर्च समेत गरिएको उल्लेख रहेको छ । यस कार्यक्रमबाट रोटरीले ७६ हजार ७ सय ९२ रुपैँया बचत गर्न सफल बनेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
यसैगरि पत्रकार सम्मेलनम उक्त कला महोत्सव पुर्णतय सफ लबनेको भन्दै ३ दिनसम्म गरिएको कार्यक्रमको वारेमा समेत जानकारी गराइएको थियो । कला महोत्सव कनकाईका विभिन्न स्थानहरु पशुपति अंग्रेजी मावि, कनकाई बहुमुखी क्याम्पस, कनकाई उद्योग वाणिज्यको हल लगायातमा गरिएको थियाृे भने स्थानीय देखि राष्ट्रिय कवि कलाकारहरुको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संयोजक अखिलकुमार कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रमको स्वागत रोटरी क्लव २०२३÷२४ का अध्यक्ष शिव कडेँलले कार्यक्रम सफल बनाउन सहयोग खेल्ने सबैलाई धन्यावाद दिनुभएको थियो । कार्यक्रममा रोटरीका वर्तमान अध्यक्ष लुवराज उप्रेती, पुर्वअध्यक्षहरु कुमारमणि पोखरेल, टीका जम्मरकट्टेल, खेमप्रसाद प्रसाई, रोटरीयन सरला पोखरेल, डिल्लीराम मैनाली लगायातको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन रोटरीयन सोम उप्रेतीले गनुर््भएको थियो ।

सम्बन्धित खबर