Kanakai Online

कनकाई नगरपालिकाले सरकारले मान्यता दिए गाँजा खेतीलाई प्रवद्धन गर्ने


सोमवार, असार ११, २०८१ |

कनकाई अनलाईन
झापाको मध्य भागमा रहेको कनकाई नगरपालिकाले आफ्नो आर्थिक बर्ष २०८१÷८२ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले मान्यता पाए कनकाई नगरपालिका क्षेत्रमा औषधिजन्य गुण रहेको गाँजा खेतीको प्रवद्धन र विस्तार गर्ने निति प्रस्तुत गरेको छ ।


आज कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले यस आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै कृषि तथा पशुपालनतर्फ उक्त योजना सार्वजनिक गर्नुभएको हो । शर्माले कृषितर्फ यसको अलवा उन्नत जातको बिउमा आत्मनिर्भर बन्ने गहुँखेती र तरकारी खेती प्रवद्धन, फलफुलको नर्सरी विकास, अन्न बैँक स्थापना, जैविक खेतीलाई प्रवद्धन तथा कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले विशेष कार्यक्रम ल्याउन लागेको नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउँनुभयो ।

उहाँले कृषिमा जोड दिदै एक वडा एक नमुना सामुहिक खेती गरिने र कृषिको प्रवद्धनका लागि पत्रकार र सञ्चार माध्यमको समेत प्रयोग गरिने निति सावजकिन गर्नुभएको छ ।
कनकाई नगरपालिकालाई आर्गनिक खेतीको नगर बनाईने भन्दै पशुपक्षि र माछामा समेत आत्मनिर्भर नगरपालिका बनाईने निति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । कृषिका लागि खानेतेल तरकारी र दुध तथा मासुजन्य उत्पादन र बिउ उत्पादनका क्षेत्रमा समेत नगरले सहजीकरण गरिदिने निति सार्वजकिन गरिएको छ ।
कृषि क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनगर गर्दै कृषि बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइने निति कनकाई नगरपालिकाले लिएको छ ।
खाद्यान्न र तेलहनजन्य बालीको बिउ उत्पादनका लागि स्थानीय सरकारले कृषकलाई अनुदानको व्यावस्था गरेको समेत निति कार्यक्रममा बताइएको छ ।
कृषकलाई लागत सहभागितामा कृषि औजार बितरण गरिने लगायातका लोकप्रिय कार्यक्रम कृषिमा राखिएको छ । पशु स्वास्थ्य शिविरलाई समेत निरन्तता र थप व्यावस्थित गरिने निति तथा कार्यक्रममा राखिएको छ । कृषक लक्षित भुमिगत सिचाईको प्रबन्धका लागि कृषि मोटर बितरण, संघ र प्रदेश सरकारसगको साझेदारीमा व्यावस्थित तरकारी बजार र बधशाला निर्माण र निर्बाहमुखी खेती प्रणालीलाई हटाएर व्यावसायिक खेती प्रणालीमा सबै कृषकलाई जोडने निति कनकाई नगरपालिकाले लिएको छ ।

नगरपालिकाले कृषि अनुदानको दायरालाई फराकिलो बनाउँदै लगेर विदेश जाने युवा शक्तिलाई कनकाई नगरकै माटोमा रमाउने बातावरण बनाउँने नगरको निति कार्यक्रममा जनाइएको छ । उत्कृष्ट कृषकलाई हरेक बर्ष पहिचान गरि सम्मान र सहयोग गरिदै लैजाने निति नगरपालिकाले लिएको छ । कृषि र पशुपालन उद्यमशीलतालाई नगरमा प्रोत्साहित गरिने कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ ।
यसैविच कनकाई नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
आइतवार पालिकाको सभाहलमा आयोजित सोह्रौ नगरसभामा नगर उपप्रमुख आशा शिवाकोटीले उक्त नीति तथा कार्यक्रमलाई प्रस्थावको रुपमा नगर सभासदस्यहरु समक्ष पेश गरेकी हुन् ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पाखरेलको अध्यक्षतामा आयोजित नगर सभामा तीन जना सभासद (वडाध्यक्ष) हरुले प्रथाव गरिएको कार्यक्रममाथी सुझाव व्यक्त गरेका थिए । सभामा कनकाई ८ का वडाध्यक्ष लिलाबहादुर कटुवालले कृषि खादमल व्यवस्थापको बारेमा सुझाव दिएका थिए । कनकाई १ का वडाध्यक्ष सुशिल पोखरेलले आफ्नो वडामा एउटा खानेपनी योजनाले प्राप्त गरेको बजेट र भईरहेको कामको अवस्थाबारे नगरले अनुगमन गर्नुपर्ने माग राखे । त्यसैगरी २ नम्बर वडाका वडाध्यक्ष प्रताव राईले वनवातावणको विषयमा जिज्ञाषा र सुझाव राखेका थिए ।

नयाँ नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार विकासलाई मुख्य प्रार्थमितामा राखिएको छ । त्यसैगरी क्रमस सामाजिक विकास, वन वातावरण, विपद व्यवस्थापन तथा पर्यटन, सार्वजनिक सेवा, सु–शासन तथा संस्थागत क्षमता विकास, आर्थिक विकास कार्यक्रमहरु समावेस भएका छन् ।
संसदिय प्रणाली अन्तरगत आयोजना भएको सभामा सभाका अध्यक्ष नगर प्रमुख पोखरेलले नीति तथा कार्यक्रममा राखिएका कार्यक्रमहरु हटाउनु परे, थप्नु परे वा संसोधन गर्नु पर्ने हात उठाउनु होस् भन्दा कसैको पनि हात नउठेपछि पोखरेलले त्यसोभए समर्थन जनाउदै प्रथावित नीति तथा कार्यक्रम पास गर्नुहोस् भने पछि सभासदहरुले तालि बजाएर यस वर्षको नीति तथा कार्यक्रम छलफलका लागि पास गरेका छन् । त्यसपछि आजलाई नगरसभा स्थगित भएको जनाउ गराउदै भोलि बजेट निर्धारणको विषमा सभा चल्ले नगर प्रमुख पोखरेलले घोषण गरेका छन् ।

नगर सभाको सञ्चालन नगर सभा सचिव तथा कनकाई नगर पालिका प्रमुख प्रसाशकिय अधिकृत सुरज श्रेष्ठले गरेका थिए