Kanakai Online

टि ट्वान्टी विश्वकपको सुपर ‘एट’ समीकरण पूरा


सोमवार, असार ४, २०८१ |

कनकाई अनलाईन

एजेन्सी( वेस्ट इन्डिज र अमेरिकामा जारी आईसीसी टि ट्वान्टी विश्वकप २०२४ को सुपर एटमा मा पुग्ने सबै टोलीको छिनोफानो भइसकेको छ ।

सुपर एट को ग्रुप (१ मा भारत, अष्ट्रेलिया, अफगानिस्तान र बंगलादेश छन् । ग्रुप(२ मा अमेरिका, इङ्ल्यान्ड , वेस्ट इण्डिज र दक्षिण अफ्रिका परेका छन् । दुवै सह आयोजक सुपर एटमा‌ पुगेका छन्।

सुपर एटका सबै खेल जुन १९ देखि जुन २५ सम्म वेस्टइण्डिजमा हुनेछन् । राउन्ड रोबिन लिगपछि दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
सेमिफाइनल जुन २७ र फाइनल २९ जुनमा हुनेछ ।

नेपाल सम्मिलित समूह ‘डी’ बाट दक्षिण अफ्रिका विजेता र बंगलादेश उपविजेताका रुपमा अघि बढेका हुन्।

अन्तिम खेलमा बंगलादेशसँग २१ र त्यसअघि दक्षिण अफ्रिकासँग १ रनले हराएको नेपाल १ अंकसहित अंकतालिकाको पुछारमा रह्यो। यस पटकको विश्वकपमा नेपली टोलीले एउटा खेल पनि जित्न सकेन । सन् २०१४ को‌ पहिलो सहभागितामा नेपालले ३ मध्ये २ खेल जितेको थियो।

समूह ‘ए’ बाट भारत ४ खेलमा ८ अंकका बटुल्दै विजेता र अमेरिका ५ अंकका साथ उपविजेता बन्यो । पाकिस्तान ले ४ अंकका साथ विश्वकप यात्राको अन्त्य गर्यो।

अष्ट्रेलिया विजेता र इङ्ल्यान्ड उपविजेताका रुपमा समूह बीबाट अघि बढे। समूह सीबाट समान ६ अंक जोडेका अफगानिस्तान र वेस्ट इण्डिज रुपमा सुपर एट पुगिसकेका छन्। समूह विजेताको टुङ्गो यी दुई टोलीबीच आज हुने खेलबाट लाग्नेछ। यस पटकको विश्वकपमा २० राष्ट्रको सहभागिता थियो।

सम्बन्धित खबर