Kanakai Online

झापाको कञ्चनज्योती स्कुलद्धारा विद्यार्थीलाई धार्मिक र विज्ञान भ्रमण


सोमवार, असार ४, २०८१ |

कनकाई अनलाईन
झापाको बाह्रदशी गाउँपालिका ५ घोडामारास्थित कन्चन ज्योति अंग्रेजी माध्यमिक विद्यालयले विद्यार्थीहरुको चौतर्फि ज्ञान अभिवृद्धिका लागि स्थानिय तक्तिघर बहुउद्धेशिय कृषि फार्म तथा धार्मिक पर्यटकिय क्षेत्र विराटपोखरी क्षेत्रमा शैक्षिक अवलोकन भ्रमण गराएको छ ।


बिर्तामोड १० स्थित तक्तीघरमा रहेको मौरीपालन अन्र्तगत भद्रपुरस्थित रङ्गेडाँडाभित्र रहेको मौरीखर्कमा विद्यार्थीहरुलाई लगि मौरीले कसरी महको उत्पादन गर्छ र यसबाट महको उत्पादन र परागशेचनबाट कसरी कृषकले फाईदा लिन सक्छन भन्ने वारेमा जानकारी गराइएको थियो । विज्ञान विषय अन्र्तगत कक्षा ८,९ र १० मा अध्यानरत् विद्यार्थीहरुलाई आफ्नो विज्ञान विषय अन्र्तगतमा रहेको उक्त मौरीपालनलाई मौरी चरण क्षेत्रमै लगेर प्रत्योगात्मक रुपमा शिक्षा दिइएको थियो । सहभागि विद्यार्थीहरुलाई फार्मका सञ्चालन अग्रज कृषक दुर्गाप्रसाद शिवाकोटीले मौरीको वासस्थानदेखि लिएर आधुनिक मौरीपालन र यसको जीवनचक्रका वारेमा जानकारी दिनुभएको थियो भने विद्यार्थीहरु, दिक्षा न्यौपाने, कुसुम तिम्सिना, आयुस भट्टराई, आर्यन कटुवाल, आकृति गुरागाई लगायातले अगुवा कृषक शिवाकोटीलाई आधुनिक मौरीपालन सम्बन्धि आआफ्ना जिज्ञासा राखेका थिए ।


सहभागि विद्यार्थीहरुलाई अगुवा कृषक दुर्गाप्रसाद शिवाकोटीले नेपालमा ५ जातका मौरी पाइने भन्दै तराईमा एपिस शेराना र एपिस मेलिफेरा गरि २ जातका मौरी पालन गरिने जानकारी दिनुभयो । उहाँले मौरीको कारण कृषकहरुको वालीनाली उत्पादनमा समेत पुर्र्याएको योगदानका वारेमा प्रकाश पारेका थिए ।
यसैगरि विद्यार्थीहरुलाई यहाँको धार्मिक पर्यटकिय स्थल विराटपोखरीको समेत अवलोकन गराइएको थियो । सामाजिक विषय अन्र्तगत गराइएको अवलोकन भ्रमणमा सहभागि विद्यार्थीलाई यस पोखरीको ऐतिहासिक र धार्मिक पक्षका वारेमा सामाजिक शिक्षक यादव पौडेलले जानकारी गराउँनुभयो । विर्तामोड १० मा रहेको उक्त धार्मिक स्थलमा पौराणिक कालमा राजा जनकले गाईलाई पानी खुवाउने गरेको किवंदन्ती रहेको र हाल उक्त स्थानलाई बिर्तामोड नगरपालिकाले धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गरि बर्षेनी हज्जारौ पर्यटकहरुले यसको वारेमा जानकारी लिने गरेको बताउँनुभयो । साथै नगरपालिकाले यस स्थलको विकासका लागि विभिन्न भौतिक र पर्यावरणीय विकास समेत गरिदै लगेको विराटपोखर धार्मिक पर्यटकिय विकास संस्थाका प्रतिनिधिले विद्यार्थीहरुलाई जानकारी दिएका थिए । सोही अवशरमा व्रिद्यार्थीहरुलाई सोही स्थानमा रहेको शिवालय मन्दिरमा विश्व हिन्दु महासंघका झापा अध्यक्ष मोहन उप्रेतीले मन्दिरको संरक्षण र विराटपोखर क्षेत्रको धार्मिक महत्वका वारेमा जानकारी गराउँनुभएको थियो ।
विद्यार्थीहरुलाई किताबी किरा बनाउनको साटो हेर्दै सिक्दै गर्दै जाने वातावरण विद्यालयले बनाएको भन्दै कञ्चन ज्योति स्कुलका प्रिन्सिपल निमेश ढुङ्गेलले हरेक बर्ष फरक फरक स्थानमा विद्यार्थीलाई शैक्षिक अवलोकन भ्रमण सहितको शिक्षा प्रदान गरिदै आएको बताउँनुभयो । विद्यार्थीले अवलोकन भ्रमणबाट सिकेका कुरालाई प्रतिवेदन बनाएर विषयगत शिक्षकलाई बुझाउने छन भने उत्कृष्ट प्रतिवेदनलाई विद्यालयले पुरस्कृत समेत गर्ने विद्यालयकी इन्चार्ज रोश्नी ढुङ्गेलले बताउँनुभयो ।

सम्बन्धित खबर