Kanakai Online

माओवादीको पुर्वेली संगठन सुदृढीकरण कार्यक्रम कनकाईमा


सोमवार, असार ४, २०८१ |

कनकाई अनलाईन

माओेवादी केन्द्रको पुर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत आईतबार झापाको कनकाईमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कनकाई नगरपालिका , शिवसतासी नगरपालिका र झापा गाउपालिकाका पार्टी सदस्यहरुलाई केन्द्रीकृत गर्दै तीनै पालिकाको संयुक्त आयोजनामा सुरुङ्गा स्थित जेसिज भवनको सभाहलमा केन्द्रीय साथै प्रदेशका नेताहरुवाट प्रशिक्षण प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि तथा कार्यक्रमका प्रमुख प्रशिक्षक माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सावित्री कुमार काफ्ले ूसमरूले ू२१औं शताब्दीमा समाजबादको नेपाली बाटोू विषयमा प्रशिक्षण दिदै समाजवाद , शिक्षा नीति , अर्थ निति , भुमि तथा पुजी नीति लगायतका बिषयमा प्रष्ट पार्नुभएको थियो ।
तेस्तै कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज झलक दर्लामी ूसन्देशूले नेपालको कम्युनिष्ट आन्दोलनका बिषयमा जानकारी गराउदै कम्युनिस्ट आन्दोलनका क्रममा नेपालमा सुरुवाती चरणबाट विभिन्न समयमा भएको उपलब्धि र क्षति लगायतका बिषयमा प्रष्ट पार्नु भएको थियोे ।

कार्यक्रममा पार्टीका कोषि प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ूमिक्सोूले संगठनात्मक सिद्धान्त र पार्टी बिधानका बिषयमा प्रशिक्षण दिदै साधारण सदस्य, संगठित सदस्य सदस्य हरुले निर्वाह गर्नुपर्ने भुमिका , काम कर्तब्य र अधिकार साथै पार्टीको बिधान बारे प्रष्ट पार्नु भएको थियो भने पार्टीका कोशी प्रदेश उपाध्यक्ष मणीकुमार साङ्पाङ ू बिजयूले मार्क्सवादी दर्शन के हो रु मार्क्सवादी दर्शनको मुल मर्म के हो जस्ता बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

माओवादी केन्द्र कनकाई नगर अध्यक्ष यामनाथ सेडाइको को अध्यक्षतामा भएको कार्यक्रममा झापाका तीन पालिका कनकाई , शिवसताक्षी र झापाबाट पार्टीका सदस्यहरुको उल्लेख्य रुपामा सहभागीता रहेको थियोे ।
पार्टीको केन्द्रीय निर्वाचन आयोग सदस्य शुसीला कन्दङ्वाले अौचित्यमाथी प्रकाश पार्नुभएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत पार्टीका झापा गाउपालिका अध्यक्ष रुद्र बजगाईले गर्नु भएको थियोे भने संचालन शिवसतासी नगरपालिकाका पार्टी अध्यक्ष महेन्द्र भट्टराईले गर्नु भएको थियोे ।

सम्बन्धित खबर