Kanakai Online

अनेम संघ कनकाईको अध्यक्षमा राई र सचिवमा खड्का


सोमवार, असार ४, २०८१ |

कनकाई अनलाईन
अखिल नेपाल महिला संघ कनकाई नगर कमिटीको अध्यक्षमा अनिता राई सर्वसम्मत रुपमा चयन भएकी छन् ।

संघको सुरुङ्गामा सम्पन्न तेस्रो नगर सम्मेलनबाट कनकाई —८निवासी राईको अध्यक्षतामा ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन भएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा कमला अधिकारी खतिवडा(वडा नं.—३), सचिवमा निर्मला खड्का(वडा नं.—१), उपसचिवमा रिना फुयाल(वडा नं.—४) र कोषाध्यक्षमा रेनुका खवास(वडा नं.—२) सर्वसम्मत रुपमा चयन भएका छन् । यसरी पदाधिकारी ५ जना साथै नगरका सबै वडाबाट पर्ने गरी भूूगोलबाट ३ जनाका दरले ९ वटा वडाबाट २७ जना, आदिवासीबाट २ जना र दलितबाट १ जना गरी जम्मा ३५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन भएको निर्वाचन मण्डलका अध्यक्ष तथा नेकपा एमाले कनकाई नगर कमिटी उपसचिव राधिका ओली कडरियाले जानकारी दिएकी छन् ।

नवनिर्वाचित अध्यक्ष राईले आगामी दिनमा पार्टी सुदृढीकरण, संगठन विस्तार र महिला सशक्तिकरणमा विशेष सक्रियताका साथ अघि बढ्ने प्रतिवद्धता जनाएकी छन् । अनेम संघ कनकाईलाई आर्थिक रुपले थप व्यवस्थित गर्न सुरुवात गरेको अक्षयकोष वृद्धिकालागी विशेष कार्ययोजना बनाएर अघि बढ्ने नवनिर्वाचित अध्यक्ष राईले जनाएकी छन् ।

कार्यक्रममा संघको कनकाई नगर कमिटी अध्यक्ष मिरा भट्टराईको अध्यक्षता एवं अनेम संघका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य अम्बिका खवास राजवंशीको प्रमुख आतिथ्य रहेको थियो ।नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथी राजवंशी सहित नेकपा एमालेका केन्द्रीय सल्लाहकार सदस्य सूूर्य उप्रेती, नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य तथा क्षेत्र नं.४ का इञ्चार्ज चन्द्रकुमार शेर्मा, अनेमसंघ झापाका अध्यक्ष पवित्रा पाठक, जिल्ला कमिटी सदस्य खेम मिश्र, कनकाई नगर कमिटी अध्यक्ष गोकर्ण ओझा लगायतले बधाई तथा शुुभकामना ब्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खवासले अवको निर्वाचनमा महिलाहरुको संख्यात्मक र गुणात्मक दुुबै पक्षको सहभागिता बढाउनुुपर्नेमा जोड दिएकी छन् । प्रमुख अतिथी खबासले महिला अधिकार प्राप्तिकालागि महिलाहरुले गरेको आन्दोलन र प्राप्त गरेको उपलब्धिको रक्षाको खातिर सदैव चनाखो हुनुुपर्ने कुरामा जोड दिइन् ।

कार्यक्रमकी अध्यक्ष मिरा भट्टराईले राजनैतिक, सांगठनिक साथै आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष भट्टराईले जस्तोसुकै परिस्थितिमा विचलित नभई अघि बढिरहेको संगठन अनेमसंघको वि.सं.२००८ फागुन २५ गते कामक्षदेबी बस्नेतको अध्यक्षतामा औपचारिक स्थापना भएको बताईन् । उनले संघको दीगो सञ्चालनको लागि यस वर्षबाट अक्षयकोषको स्थापना गरेको र उक्त कोषमा १ लाख ३२ हजार रकम रहेको प्रतिवेदन मार्फत जानकारी गराईन् ।

अनेम संघ कनकाई नगर कमिटीका उपाध्यक्ष अनिता राईले शाब्दिक स्वागत गरेको कार्यक्रमको संचालन संघको नगर कमिटी सचिव मञ्जु सापकोटाले गरेकी थिइन् ।

सम्बन्धित खबर