Kanakai Online

जनताका लोकप्रिय वार्डअध्यक्ष थापाको निधन, आज कनकाईमा विदा


आइतवार, असार ३, २०८१ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ६ नम्बरका वार्डअध्यक्ष दिर्घबहादुर थापाको ६६ बर्षको उमेरमा आइतवार विहान १. ५० बजे निधन भएको छ ।


थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पिडित रहनुभएको थियो । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वार्डकार्यालयहरु विदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । जनप्रिय मानिनुहुने थापाको पार्थिक शरिरलाई आईतवार विहान १ घण्टा वार्ड कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने नगरप्रमुख पोखरेलले बताउँनुभयो ।

थापाका २ श्रीमती, २ छोरा र १ छोरी रहनुभएको छ । थापाका जेठा छोरा रुद्र थापा कनकाई बहुमुखी क्याम्पस तथा चम्पापुर माविका शिक्षक रहनुभएको छ भने कान्छा छोरा विशाल थापा हरिकुल नमुना माविका शिक्षक रहनुभएको छ । एक छोरी रहनुभएको छ । थापाको पार्थिक शरिरलाई आजै साढे १० बजे आधा घण्टाका लागि अन्तिम श्रञ्द्धाजलिका लागि कनकाई ६ नम्बर वार्डमा राखिने र ११ बजे कनकाई माईमा अन्तिम दाह सस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । थापा जनतामाझ ज्यादै लोकप्रिय मानिनुहुन्थ्यो ।

कनकाई नगरपालिकामा निर्वाचित भएपछि उहाँले सर्बप्रथम वार्डले गरेका विकास निर्माणलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने परम्पराको थालनी गर्नुभएको थियो । पुर्वृ शिक्षक समेत रहनुभएका थापा वाककलामा समेत निक्कै निपुर्ण मानिनुहुनुहुन्थ्यिो । लोकप्रिय र जनप्रिय नेता कनकाई ६ का वडाअध्यक्ष थापाको निधनले सिंगो कनकाई र झापा जिल्लावाशीलाई अपुरणीय क्षति पुगेको छ । उहाँको निधनले सिंगो नगरवाशी शोकमा डुबेका छन । थापा परिवार र सिंगो कनकाई ६ नम्बरपरिवारलाई परेको यो शोकको घडीमा शोकाकुल वार्डवाशी र थापा परिवारमा हामी धैर्य धारण गर्ने शक्ति मिलोस भन्दै हार्दिक समवेदना प्रकट गदै, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ ।
कनकाई साप्ताहिक परिवार कनकाई अनलाईन परिवार ।

सम्बन्धित खबर