Kanakai Online

सताक्षीधाम जेसिजले दियो युवालाई प्रभावकारी भाषणकला तालिम


शनिवार, असार २, २०८१ |

कनकाई अनलाईन
शिवसताक्षी नगरपालिका ८ को आर्थिक सहयोग तथा सताक्षीधाम जेसिजको आयोजनामा यहाँस्थित झिलझिले मावि, पशुपति एकाडेमी, निम्वस अंग्रेजी विद्यालय र गणेशमानसिंह अध्यान प्रतिष्ठानका १५० बढी विद्यार्थीहरुका लागि २ दिने उद्घोषण कला तथा क्षमता अभिबृद्धि कार्यक्रम र प्रभावकारी भाषणकला तालिमको आयोजना गरेको छ ।
२ दिनसम्म चलेको उक्त तालिमको सहजीकरण नेपाल जेसिजका क्षेत्र क तालिम संयोजक प्रदिप बिष्ट, शिवसताक्षी नगरपालिकाका अधिकृत महेश लामिछाने, नेपाल जेसिजका मास्टर प्रशिक्षक पदमजंग कुबरले सहभागिहरुलाई प्रभावकारी भाषणकला लगायातका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।


शिवसताक्षी नगरपालिका ८ का अध्यक्ष सन्तकुमार फेवदिनको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको औचित्यमाथि प्रकाश सताक्षीधाम जेसिजकी निर्वतमान अध्यक्ष निर्मला प्रधानले पार्नुभएको थियो । सताक्षीधाम जेसिजका अध्यक्ष दारुमान राईको सभापतित्वमा आयोजित कार्यक्रमको संयोजक जेसिजकी संचार संयोजक रिता कोईराला रहनुभएको थियो । कार्यक्रमको विशिष्ट अतिथिमा नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साबाँ रहनुभएको थियो । कार्यक्रमको सञ्चालन उपाध्यक्ष पुष्प पौडेलले गर्नुभएको थियो । कार्यक्रम किरात राई यायोख्खा सामुदायिक भवन झिलझिलेमा आयोजना गरिएको थियो ।

सम्बन्धित खबर