Kanakai Online

शिवसताक्षीमा दुई नावालक छोरालाई बिष सेवन गराई आमाद्धारा आत्महत्या आमा


शुक्रवार, असार १, २०८१ |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका वडा नं ३ भोटेपुलमा आज बिहान एकै घरका दुई बालकसहित तीनजना मृत फेला परेका छन् ।
सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा , उनका छोराहरु ९ वर्षका बिशाल बेस्रा र ३० महिनाका आयुष बेस्रा मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।
शुक्रबार बिहान ३० महिनाको नाबालकसहित तीन जना आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णुकमार चन्दले जानकारी दिनुभयो । उहाँले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको जानकारी दिनुभयो ।

वैदेशिक रोजगारका लागि विदेशमा रहेका सुजन बेस्राकी २५ वर्षीया श्रीमती अन्जली बेस्राले आफ्ना नाबालक छोराहरुमा विष खुवाएर हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक रुपमा देखिएको प्रहरीले जनाएको छ । दुई नाबालक सुतेको ठाँउमा नै मृत भेटिएका हुन् । उनीहरुको मुखबाट फिज आएको अवस्था थियो ।

अञ्जलीले नौ वर्षीय विशाल बेस्रा र ३० महिनाका आयुष बेस्रालाई विषय खुवाएर हत्या गरेको हुनसक्ने स्थानीयले जनाएका छन् । प्रवक्ता चन्दका अनुसार घटनास्थलको प्रकृति हेर्दा बिहीबार बेलुका नै घटना भएको हुनसक्ने देखिन्छ ।

प्रारम्भिक चरणमा घटनाको अवस्था हेर्दा हत्यापछि आत्महत्या जस्तै नै देखिएको उहाँले जनाउनुभयो । घटना र घटनास्थलको अवस्था शङ्कास्पद नदेखिएको उहाँले जनाउनुभयो । मृतकहरुको शरीरमा चोटपटक तथा बाहिरी घाउ देखिएको छैन भने तीनैजनाको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको जानकारी उहाँले दिनुभयो ।

सम्बन्धित खबर