Kanakai Online

झापाका अग्रज पत्रकार पाठकको निधन


बिहिवार, जेठ ३१, २०८१ |

कनकाई अनलाईन
झापाका अग्रज पत्रकार नेत्र पाठकको बिहीवार बिहान निधन भएको छ । ७२ वर्षीय पाठकको बिहिवार बिहान ०९ः३० बजे आफ्नै निवासमा निधन भएको हो ।

पत्रकार पाठक स्वाधिन संवाद साप्ताहिकका पत्रकार तथा प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष समेत रहनुभएको छ ।

बिर्तामोड–४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा र एक नाति रहनुभएको छ ।

पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रनेको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आउनुभएको थियो ।

सम्बन्धित खबर