Kanakai Online

दुर्गापुर अस्थायी प्रहरी बिटमा चौहान


मङ्गलवार, जेठ २९, २०८१ |

कनकाई अनलाईन

दुर्गापुर अस्थायी प्रहरी बिटमा चौहान,अस्थायी प्रहरी बिट दुर्गापुरको इन्चार्जमा प्रहरी विशिष्ट हवल्दार झमक कुमार चौहान आउनु भएको छ ।

यस अघिका प्रहरी इन्चार्ज राज कुमार राजवंशी को अन्यत्र सरुवा भएपछि चौहान अस्थायी प्रहरी बिट दुर्गापुरको प्रहरी इन्चार्जका रुपमा आउनु भएको हो ।

विशेष कार्यक्रमका विच प्रहरी इन्चार्ज चौहान ले परिचयत्मक कार्यक्रमका विच आफ्नो सेवा समेत सुरु गर्नु भएको छ । परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी इन्चार्ज चौहान ले आफ्नो कार्यकालमा सबैको साथ र सहयोगबाटै शान्ति सुरक्षामा खटिने भन्दै नागरिक प्रहरी साझेदारीमा लागुऔषध, चोरी डकैटी लगायातका गतिविधिहरु नियन्त्रणमा लागि पर्ने बताउँनु भयो ।

कार्यक्रममा कनकाई नगरपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष भीष्म भूषण सिटौला , वडा सदस्यहरू निर्मल अनिथुप्पो, भवन टुडु, वडा सचिव तुलसा थापा, कन्काई वार्ड न।७ का पूर्व वडाध्यक्ष लिलाबहादुर कन्दङ्गबा वडा न।१ का सदस्यहरू हरि राई महिला वडा सदस्यहरू कर्मचारीहरू बुद्धिजीवी समाज सेवी हरू ले शान्ति सुरक्षा कायम राख्नका लागि नागरिक प्रहरी साझेदारीका वारेमा जानकारी गराउँनु भएको थियो ।

सम्बन्धित खबर