Kanakai Online

डुबेर एकको मृत्यु


मङ्गलवार, जेठ १५, २०८१ |

कनकाई अनलाईन
झापाको मेचीनगर नगरपालिका ३ निन्दा खोलामा पौडि खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगर नगरपालिका ३ बडाखाल बस्ने ४० बर्षिय धनराज भण्डारी रहेको जिल्ला प्रहरि कार्यालय झापाले जनाएको छ ।

मंगलवार दिउसो १ बजेको समयमा स्थानीय निन्दा खोलामा पौडि खेल्ने क्रममा डुबेर बिहोस भएका भण्डारी लाई स्थानियले देखी उद्धार गरी उपचारको लागि वीएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा दिउँसो २ ः ३४ बजे उपचारको क्रममा चिकित्सकले भण्डारीलाई मृत घोषणा गरेको प्रहरीले जानएको छ ।
घटना स्थलको मुचुल्का ईप्रका काकडभिट्टाको टोलीले सम्पन्न गरि सकेको र घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । यता खोलाको ठेगेदारले नदि किनारामा गहिरो खनेर बालुवा गिटी झिक्दा बनेको खाडलमा डुबेर भण्डारीको निधन भएको भन्दै खोला गहिरो पार्ने ठेकेदारलाई कार्वाहीको माग परिवारले गरेको छ । मृतक भण्डारी स्थानीय विद्यालयका शिक्षक भएको समेत बुझिएको छ ।

सम्बन्धित खबर