Kanakai Online

झापा गाउँपालिकामा लियोको स्वास्थ्य शिविरमा १६० को स्वास्थ्य जाँच


सोमवार, जेठ १४, २०८१ |

कनकाई अनलाईन
झापा गाउँपालिका ७ को वार्ड कार्यालयमा लियो क्लव अफ कनकाई सुरुङ्गाले आयोजना गरेको एक दिवशीय निशुल्क स्वास्थ्य जाँचमा १६० जना विभिन्न रोगी विरामीहरुको निशुल्क चेकजाँच गरिएको छ । यहाँस्थित न्युरो फार्मेसी सुरुङ्गा समेतको प्राविधिक सहयोगमा आयोजित उक्त स्वास्थ्य शिविरको सहयोगी संस्थाका रुपमा झापा गाउँपालिका ७ नम्बर वार्ड कार्यालय रहेको थियो ।
स्वास्थ शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर उमेश यादव, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डाक्टर सोनु भारती, पाइल्स फिसर फिष्टुला प्रोष्टेड रोग विशेषज्ञ डाक्टर प्रदिपकुमार यादव लगायातको स्वास्थ्य टोलीले विरामीहरुको निशुल्क चेकजाँच गरेको लायन्स क्लव अफ कनकाई सुरुङ्गाका तृतीय उपाध्यक्ष समेत रहनुभएका न्युरो फार्मेसी सुरुङ्गाका संञ्चालक उक्त स्वास्थ्य कार्यक्रम संयोजक सरोज ठाकुरले बताउँनुभयो । स्वास्थ्य शिविरबाट २५ जना स्त्री रोगीहरुको, ७५ जना मुटु रोगी र ६० जना पायल्स फिस्टुला सम्बन्धि रोगीहरुको निशुल्क स्वास्थ्य जाँच गरिनको साथै निशुल्क औषधि समेत प्रदान गरिएको लायन्सका कनकाई अध्यक्ष रमन चौधरीले बताउँनुभयो ।
उक्त शिविरमा स्वास्थ्य जाँच गराउनेहरुलाई सुरुङ्गास्थित न्युरो फार्मेसीमा मुटुको इको, इसिजी फ्रि मा र रगतका सबै प्रकारको चेकजाँच समेत ५० प्रतिशत छुटमा परिक्षण गराईने कार्यक्रम संयोजक सरोज ठाकुरले बताउँनुभयो ।
स्वास्थ्य शिविरमा झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवि थपलिया, ७ नम्बरका वार्डध्यक्ष सखिचन्द ठाकुर लगायातले लियोले हरेक बर्ष ग्रामिण क्षेत्र रहेको झापा गाउँपालिकाभित्र कुनै न कुनै कार्यक्रम स्वास्थ्य शिविरहरु ल्याएर यहाँका जनताको पक्षमा काम गरिरहेको भन्दै धन्यावाद प्रदान गर्नुभयो ।

सम्बन्धित खबर