Kanakai Online

अखिल क्रान्तिकारी झापाको संगठन सुदृढिकरण अभियान सुरुङ्गामा


सोमवार, जेठ १४, २०८१ |

कनकाई अनलाईन
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको सगठंन सुदृढिकरण तथा जिल्ला समितिको विस्तारित बैठब प्रशिक्षण कार्यक्रमका विच सुरुङ्गामा सम्पन्न भएको छ ।


विद्यार्थीहरुले उक्त कार्यक्रमका झापा जिल्लाबाट नेकपा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै प्रदेश सरकारमा पर्यटन वन तथा वातावरण राज्य मन्त्री हुनुभएको भन्दै बन्दना झाँगड अनिसालाई सम्मान समेत गरिएको विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष नविन सिटौलाले जानकारी दिनुभयो ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रन्जन धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङ्ग, पार्टीका प्रदेश उपाध्यक्ष बिजय साम्पाङ्ग, पार्टीका जिल्ला संयोजक अग्नि, प्रदेश सदस्य बिरेन्द्र बस्नेत, पार्टीका शिवसताक्षी अध्यक्ष महेन्द्र भट्टराई, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य अनिल सुवेदी लगायातले आआफ्नो मन्तव्य राख्नुहुदै विद्यार्थीहरुको पार्टी र देश निर्माणमा हिजोदेखि आजसम्मको महत्व र भुमिकाका वारेमा जानकारी गराउँनुभएको थियो । यसैविच कार्यक्रममा दमक बहुमुखी क्याम्पसको इन्चार्जका रुपमा भीष्महाङ सम्वाहाम्फेलाई जिम्मेवारी दिइएको छ ।
यता पार्टीले सञ्चालन गरिरहेको पूर्वेली संगठन सुदृढिकरण अभियानलाई थप प्रभावकारी बनाउनका लागि मेचीनगरमा खगेन्द्र सुवेदी प्रमुख रहनेगरि सुशन लम्साल रुवेन सदस्यलाई जिम्वेवारी दिइएको छ भने , विर्तामोडमा अनिल सुवेदी प्रमुख रहेको नविन पौडेल र सुजन दाहाल सदस्यलाई जिम्बेवारी दिइएको छ भने दमकमा रन्जन धमला, शिवसताक्षीमा नविन सिटौला, गौरादहमा राजन चापागाई, अर्जुनधारामा शेखर भट्टराई, कनकाईमा गंगाबहादुर बस्नेत, बुद्धशान्तिमा सुरेन्द्र गिरी, हल्दिवारीमा सरस्वती चम्लगाई, बाह्रदशीमा रोषन खड्का, झापा गाउँपालिकामा नविन सिटौला, गौरीगञ्जमा राजन चापागाई, कवनकवलमा सरस्वती चम्लगाई रहेको अभियान टोली समेत गठन गरिएको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष नविन सिटौलाले जानकारी दिनुभयो । बैठककले संस्थागत विद्यालयहरुले मापदण्डअनुसार १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृति दिने व्यावस्थाको कडाईका साथ अनुगमन गर्ने समेत निर्णय गरेको छ ।

सम्बन्धित खबर