Kanakai Online

झापामा मध्यरातमा माछा किसानमाथि मध्यरातमा छुरा प्रहार


आइतवार, जेठ १३, २०८१ |

कनकाई अनलाईन

झापामा माछा पालन गर्दै आएका किसानमाथि आक्रमण भएको छ । अर्जुनधारा नगरपालिका–१ का ४६ वर्षीय माछा किसान टंकबहादुर एक्तेनमाथि गत जेठ ८ गते राति साढे ११ बजे आक्रमण भएको हो ।
अर्जुनधारा नगरपालिका–१ मा करिब ५ वर्षदेखि १० कठ्ठा क्षेत्रफलमा माछा पालन गर्दै आएका टंक बहादुरमाथि ३५ वर्षीय कृष्ण भनिनेले सन्तोष एक्तेनले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।
पीडितकी छोरी सलिना एक्तेनले सन्तोषविरुद्ध इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिएकी छिन् । बिएन्डसी अस्पताल बिर्तामोडमा टंकबहादुर उपचारत छन् ।

टंकबहादुरमाथि अर्जुनधारा–६ मा रहेको माछापोखरी को डिलमा बनाइएको छाप्रोमा सुतिरहेको बेला अचानक सन्तोषले आक्रमण गरेका थिए ।

टंकबहादुरको दुबै खुट्टा तथा शरीरका विभिन्न भागमा छुरा प्रहार भएको सलिनाले बताइन् ।

सलिनाका अनुसार निद्रामा रहेका बेला सन्तोषले एकाएक आक्रमण गरेका थिए ।

राति आक्रमणपछि सन्तोषलाई छिमेकीहरूले समात्न खोजेका थिए । तर, छुरा देखाएर उनी भागेका थिए ।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सन्तोष अहिले फरार छन् । उनीविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ । ‘फरार भएका व्यक्तिको खोजी भइरहेको छ,’ विष्टले भने ।

सम्बन्धित खबर