कनकाई अनलाईन
झापा विर्तामोड नगरपालिका ४ स्थित शिवनगर टोलमा लुटपाट गर्ने समुहले एक एकल महिलाको बिभत्स हत्या पछि लुटपाट गरेको छ ।
मंगलवार राती १२ बजेतिर समुहमा आएको लुटपाटमा आएको टोलीले स्थानीय करिव ६८ बर्षिय एकल महिला विष्णुमाया बिष्टलाई टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरि घरमा भएको धनमाल लुटपाट गरेर लगेको स्थानीयवाशीले बताएका छन । रातीको समयमा होहल्ला भएपनि गाउँले उठेर हेर्दा शान्त भएको तर विहान उनको हत्या गरेको पाइएको स्थानीयको भनाई छ । यस घटनाको वारेमा इलाका प्रहरी कार्यालय बिर्तामोड प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीले विष्टको घरमा लुटपाटपछि हत्या गरेको र घटनावारेमा थप अनुसन्धान थालेको बताएको छ । लागुऔषध सेवनकर्ताको समुहले उनको लुटपाट गरेको र लुटपाट गर्ने समुहको पहिचान खुल्ने भयले बृद्धालाई समेत हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको रहेको छ । घरमा नाती र हजुरआमा मात्रै बस्दै आएकोमा नाती समेत आफन्तको घरमा अन्यत्र गएको बेलामा हजुरआमाको हत्या भएको हो । हत्या हुनुभएका विष्टका जेठो छोरा अमेरिका र कान्छो छोरा काठमाण्डौमा बस्दै आउनुभएको छ । राती ११ बजेतिर बृद्धाको घरमा ढोका खोल्न लागेको थाहा पाएसगै उहाँले फोन गरेर छिमेकीलाई बोलाएको र छिमेकी आउदा उनीहरुको समुह अन्यत्र भागेर छिमेकी गएपछि पुन हत्या गरेर लुटपाट गरेको स्थानीयले बताएका छन । यता बृद्धाको हत्यापछि उनको शव भएको स्थानलाई सुरक्षित राखेर धरानबाट तालिमप्राप्त कुकुर झिकाई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख मिनल केसीले बताउँनुभयो ।
फोटो ः हत्या गरिएकी महिला बिष्ट र उनको घर तस्वीर ः