Kanakai Online

माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी


मङ्गलवार, वैशाख २५, २०८१ |

कनकाई अनलाईन

भोलि माता तिर्थ औंशी यानिकी आमाको मुख हेर्ने दिन। भोलि स्वदेश तथा बिदेशमा भएका नेपालीहरुले आफ्नी जन्मदिने आमालाई बिशेश श्रद्धाभावका साथ सम्झने गर्छन् ।

नजिक हुनेले प्रत्यक्ष भेटघाट गरि सुख, शान्ति , समृद्धि र दिर्घायुको कामना गर्दै मीठो परिकार सँगै आफुले सकेको उपहार समेत दिने गर्दछन् भने घरबाट टाढा हुने छोराछोरीले आफ्नी आमालाई फोनबाटै अडियो वा भिडियो कल गरेर सम्झने गर्छन् । त्यस्तै आफ्नो आमा नहुने अथवा आमा गुमाएकाहरुले भने आफ्नी स्वर्गीय आमाको तस्बिर मार्फत श्रद्धासुमन व्यक्त गर्छन् भने कसै कसैले नजिकैको बृद्दाश्रम गएर मातातिर्थ औंशी मनाउने गर्छन्।

यसैबीच झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ५ घोडामारामा अवस्थित कंचनज्योति स्कुलले भने आज माता तिर्थ औंशीको दिन बिद्यालय सुचारु भएकाले परियोजना कार्य अन्तर्गत आफ्नी आमालाई छुट्टी भएपछि घरमा गएर दिने उपहार वा मायाको चिनो बनाउन लगाएको छ। बिध्यार्थीहरुमा मातातिर्थ औंशीको महत्त्व झल्काउन तथा आमाप्रति सन्तानको दायित्व बोध गराउने उद्देश्यले यो प्रयोगात्मक अभ्यास गराएको बिद्यालयका प्रीन्सिपल निमेष ढुंङ्गेलले जानकारी दिनुभयो। आफुलाई जन्मदिने आमालाई आजको दिन मात्र होइन सदा सर्बदा खुसी राख्ने प्रयत्न गरौं । मातातिर्थ औंशीको सबैलाई शुभकामना ।