कनकाई अनलाईन
झापाको बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधी बिर्तामोड युनाइटेडले हात पारेको छ ।
शनिवार भएको फाईनल खेलमा बिर्तामोडले भारत मानेभन्ञ्याङको चुनौतीलाई ३—० गोल अन्तरले पन्साउदै उपाधिसहित बिर्तामोडले नगद २ लाख रुपैँँया हात पार्यो उपबिजयी बनेको पाहुना टोली मानेभन्ञ्याङले भने नगद १ लाखमै चित्त बुझायो । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामाखेलको ७ औं मिनेटमा बिर्तामोडका डिफेण्डर देबेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेण्डर बिशाल दर्जीले हेड मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो ।
खेलको २४ औ मिनेटमा बिर्तामोडले अग्रता दोब्बर पारेको थियो । अभिषेक गुरुङको क्रस पासलाई कप्तान आशिष चापागाईले गोल गर्न सफल हुनुभयो । त्यसै गरी इन्ज्युरी समयमा चापागाईले नै बिपक्षी गोल रक्षकसँग वान टु वानको अवस्थामा गोल गर्दै टिमको जित सुनिश्चित गर्नुभयो ।
पहिलो हाफको इन्ज्युरी समयमा मानेभन्ज्याङका सौरभ तामाङको कडा प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बुले उत्कृष्ट बचाउ गर्नुभयो ।
खेलको प्लेयर अफ द म्याच बिजेता बिर्तामोड युनाइटेडका बिशाल दर्जी घोषित हुदै नगद तीन हजार रुपैंयाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताका उदियमान खेलाडी आयोजक आदर्श युवा क्लबका पुजन थापा, उत्कृष्ट स्ट्राइकर बिर्तामोडका आशिष चापागाईँ, उत्कृष्ट डिफेण्डर मानेभन्ज्याङका बिरेन प्रधान, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ, उत्कष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बुु, प्रतियोगिताको उत्कृष्ट खेलाडी बितामोडका देबेन्द्र तामाङ, उत्कृष्ट कोच बिर्तामोडका रमेश गुरुङ हुदै जनही नगद ५ हजार रुपैँया प्राप्त गर्नुभयो ।
प्रतियोगितामा भारतका दुुईसहित आठ टिमको सहभागिता रहेको थियो । यसैविच प्रतियोगिताको समापनको अवशरमा नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान एञ्जिला तुुम्बापोलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । यसैगरि मेची महाकाली धावन यात्रा पुरा गर्ने जिवनाथ अधिकारी, एन्फाको १३ बर्षमुनीको टिममा पर्न सफल भाइचुुङ शेर्पा, कराते तर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदक धारी चन्द्र पुलामी मगर, तेक्वान्डो तर्फ स्वर्ण पदक धारी रेष्मा भुजेल, स्वं. रेफ्री लोकराज ढुुङगाना मरोणोपरान्त, आदर्श युवा क्लबमा पूर्व खेलाडी तथा पशिक्षक स्वं. विनोद गुरुङ लाई मरोणोपरान्त सम्मान गरिएको थियो ।