कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ मा अवस्थित देवकोटा एजुकेशन फाउण्डेशनले अध्यान अध्यापनका लागि पृथक शैली अपनाएको छ ।
अन्य स्कुल कलेजहरुले अतिरिक्त क्रियाकलापहरुका लागि प्राय शुक्रवार वा विदाका दिन पार्ने गर्नेपर्ने भए वा बार्षिकत्सव लगायातका अवशरहरुका वेला मात्रै ती कार्यक्रमहरुले निरन्तरता पाउने गरेको छ । तर यस देवकोटा एजुकेशन फाउण्डेशनमा भने हप्ताको ६ दिननै अतिरिक्त कक्षाहरु हुने गरेको विद्यालयका पिन्सिपल केवल प्रसाईले बताउँनुभयो ।
विद्यालयले अन्तिम पिरियडलाई सधै भर अर्थात हप्ताको ६ दिननै अध्यान अध्यापन गराउँदै आएको छ ।
विद्यालयले गायन, नृत्य, चित्रकला, खेलकुद मार्शल आटर्स र इलोक्ट्रोनिक्सका कक्षाहरुलाई कक्षा ३ देखि माथि कक्षा १० सम्म अध्यापन गराइदै आएको छ । यसरी अध्यान अध्यापन गराउँदा विद्यार्थीले आफ्नो औपचारिक अध्यान सकेपछि पनि नागरिकता निकालेर सिटीभिटीबाट स्कील परिक्षण गरि प्रमाणत्र लिन पाउने र पछि आफुले जानेको ज्ञानसीपलाई आधार मानेर रोजगारी र पेशा व्यावसाय छान्न समेत मद्धत मिल्ने विद्यालयका सहायक पिन्सिपल लेखनाथ गुरागाईले बताउँनुभयो ।
विद्यालयले विद्यार्थीहरुको जीवनशैली वदल्नका लागि खर्च गरेरै भएपनि उपयुक्त प्रशिक्षकहरु राखेर नौलो अभ्यास गराउदै आएको विद्यालयकी अध्यक्ष विष्णुकुमारी उप्रेती संग्रौलाले बताउँनुहुन्छ । आफ्ना दिवंगत पति पुण्य संग्रौला समेत प्राविधिक काम गर्दागर्दै स्वर्गिय हुनुभएकोले उहाँको सम्मानमा भएपनि थप प्राविधिक शिक्षा आफ्ना विद्यार्थीलाई दिन थालेको अध्यक्ष संग्रौलाको भनाई छ । विद्यालयले पृथक बन्नका लागि उचित साईन्स लाईब्रेरी, उचित र छुट्टै पुस्तकालय, विद्यार्थीलाई खानका लागि हाइजेनिक खाना, सबै क्षेत्रमा सिसिटिभीको निगरानी र पठन पाठनका लागि सुन्दर र होहल्ला रहित शान्त स्थान विद्यालयमा उपलब्ध रहेको छ ।
सानै कक्षाबाट प्राविधिक धारको र विद्यार्थीको इच्छाअनुसारको खेल र संगितको माध्यमबाट शिक्षा दिने यस विद्यालयको सिको सरकारी समेतका विद्यालयले गर्न सके शिक्षाको लगानीका कारण देशको दिगो विकासमा समेत शिक्षाले भुमिका खेल्ने पो थियो कि ?