Kanakai Online

झापामा ब्युझियो वाईसिएलको बैशाख २२ अधिवेशन


शुक्रवार, वैशाख २१, २०८१ |

कनकाई अनलाईन
बिर्तामोड – नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग ९वाइसिएल० ले झापामा जिल्ला भेला गर्ने भएको छ।आउँदो बैशाख २२ गते बिर्तामोड स्थित सिटि सेन्टरको सभा हलमा जिल्ला भेला हुन लागेको हो।

बिहिबार पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रका झापा जिल्ला संयोजक राजु आचार्य ९अग्नि० ले जानकारी दिए।धेरै वर्ष देखि वाइसीएल शिथिल भएको स्विकार्दै उनले भने ‘माओवादी आफै एक्लै उभिन सक्छ सक्दैन भन्ने गम्भीर प्रश्न उठेको छ,त्यसलाई कसरी उठाउने भन्ने कुरा वाईसिएल नेपाललाई झापामा फेरि उर्जाशिल बनाउने उदेश्य छ’।
जिल्ला भेलाको उद्घाटन प्रदेश इन्चार्ज हरिबोल गजुरेलले गर्ने कार्यक्रम तय भएको आचार्यले बताए।माओवादी केन्द्रका उप(महासचिव अजम्बर राई साथै माओवादी नेताहरु इन्द्र आङ्बो,रंजित तामाङ,शुसिला घिमिरे लगायतको आतिथ्यता रहनेछ।

वाईसिएलको जिल्ला भेलाले ७५ सदस्यीय नयाँ कार्यसमिति बनाउने लक्ष्य लिएको छ।जिल्ला भेलाकै दिन वाइसिएलले आयोजना गरेको झापा जिल्ला खुल्ला नृत्य प्रतियोगिताको फाइनल प्रतिष्पर्धा समेत हुने वाईसिएलका जिल्ला संयोजक राजु दर्नाले बताए।

पुष्प खड्काले पत्रकार सम्मेलनको सहजीकरण गरेका थिए।

सम्बन्धित खबर