Kanakai Online

झापामा दुबै दारा काटिएको मृत हात्ती फेला


मङ्गलवार, वैशाख ४, २०८१ |

कनकाई अनलाईन
झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जंगली हात्ती मृत फेला परेको छ ।
मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र मंगलबार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको जानकारी प्राप्त भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउँनुभयो ।

स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । ‘हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा अगाडि मारिएके हुनसक्ने वन प्रमुख राईले बताउँनुभयो । दारा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकोले घटनाको विस्तृत विवरण पोस्टमार्टम गरेपछि मात्र खुल्ने वनप्रमुख राईले बताउँनुभयो । मृत भेटिएको हात्तीको नजिकै अर्को हात्ती रहेकोले प्रहरी र वन टोली नजिकै पुग्न सकिरहेको छैन । मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको राईले बताउँनुभयो । यो सँगै जिल्लामा २०६२ यता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको पाइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित खबर