Kanakai Online

लागु औषध विरुद्धको सचेतना दुर्गापुरमा


मङ्गलवार, वैशाख ४, २०८१ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिकास्थित इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी प्रमुख प्रविणकुमार भट्टराईले आफ्नो कार्यकाल सुरु गरेसगै यस क्षेत्रमा लागु औषध बिरुद्ध सचेतना र कार्वाहीलाई एकसाथ अगाडि बढाउनु भएको छ । कनकाईका सबै विद्यालयमा यसको सचेतना कार्यक्रम सम्पन्न गरेसगै भट्टराईको नेतृत्वमा झापा दुर्गापुरमा समेत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
कनकाई नगरपालिका वडा नं.७दुर्गापुर स्थित कृषि टहरामालागु औषध तथा दुव्र्यसन नियन्त्रण सम्बन्धी १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्नभएको छ ।


कनकाई नगरपालिका वडा नं.७ को प्रायोजनमा जनकल्याण समाजद्वारा आयोजितउक्त प्रशिक्षण कार्यक्रममा वडाका ११ वटा टोल समितिकापदाधिकारी तथा सदस्यहरु, स्थानीययुवायुवतिहरु लगायतविभिन्न संघसंस्थासँग आवद्ध व्यक्तिहरुको वाक्लो उपस्थितिथियो ।
प्रशिक्षण कार्यक्रम इलाका प्रहरी कार्यालय सुरुङ्गाको सहजीकरणमा भएको थियो । सहजीकरण इलाकाप्रहरी कार्यालय सुरुङ्गाका बरिष्ठ प्रहरी निरीक्षक प्रविण भट्टराईले गर्नु भएको थियो । जनकल्याण समाजको अध्यक्ष लिलाबहादुर कन्दङवाको अध्यक्षतातथा वडा अध्यक्ष भिष्मभूषण सिटौलाको प्रमुखआतिथ्यतामा सम्पन्न उक्तकार्यक्रममा सचिव हर्कबहादुर ल्वागुनले स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाशपार्नु भएको थियो । सो अवसरमा सल्लाहकार संयोजक प्रल्हाद प्रसाद घिमिरेले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम गीता खरेलले सञ्चालन गर्नु भएको थियो ।