कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका ७ को कनकाई सिचाई नहर आयोजनाको साईफनमा अड्किएको अवस्थामा एक बालकको शव फेला परेको छ ।
आईतवार विहान साढे १० बजेको समयमा शिवसताक्षी नगरपालिका १० का १२ बर्षिय बिवेक बस्नेतको शव फेला परेको हो । बस्नेत ४ किलोमिटर उत्तरमा शिवसताक्षी नगरपालिका १० मा बस्नेतको चप्पल विहान ८ बजेतिर स्थानीयले देखेपछि उनी नहरमा चिप्लिएर खसेको हुन सक्ने भन्दै स्थानीय र प्रहरीले उनको खोजी गरेका थिए । बस्नेतको शव उत्त घटना स्थलदेखि ४ किलोमिटर तल साईफनमा अड्किएको अवस्थामा विहान साढे १० बजे स्थानीयले फेला पारेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । उनी कसरी यसरी साईफनमा अल्झिए भन्ने वारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरि परिवारलाई बुझाइसकिएको प्रहरीले जनाएको छ ।