Kanakai Online

अब राष्ट्रिय खेलाडी थापा मेरिगोल्ड स्कुलकी क्रिकेट प्रशिक्षक


शनिवार, वैशाख १, २०८१ |

कनकाई अनलाईन
झापा कनकाई नगरपालिका ४ मा अवस्थित झापा मेरिगोल्डले विविध सास्कृतिक कार्यक्रमको आयोजना गर्दै शैक्षिक सत्र २०७९÷८० को बार्षिक प्रगति सार्वजनिक गरेको छ । सोही अवशरमा महिला क्रिकेटकी राष्ट्रिय खेलाडी रमा थापालाई क्रिकेट खेलको प्रशिक्षक र चर्चित फिल्मी कलाकार जीवन बराललाई नाट्य विधाको प्रशिक्षकका रुपमा समेत अनुबन्ध गरेको छ । यो सगै अब यहाँ अध्यानरत् विद्यार्थीले सानै कक्षादेखि राष्ट्रिय खेलाडीसग खेल र राष्ट्रिय कलाकारसग अभिनय सिक्ने अवशर पाउने छन । यसरी किताबी किरो भन्दा पनि पछिल्लो समयमा जे गरेर पनि गरिखान सकिन्छ भनेर विद्यार्थीलाई सिकाउनका लागि आफुहरुले राष्ट्रिय प्रतिभालाई स्कुलले भित्राएको विद्यालयका पिन्सिपल गोकुल उप्रेतीले बताउँनुभयो ।


झापाका अन्य विद्यालयभन्दा बेग्लै नाट्य विधालाई समेत विद्यार्थीलाई प्रशिक्षक राखेर प्रशिक्षण दिदै आइरहेको यस विद्यालयले यस बर्षदेखि गायन रिलायटी शो मेरीगोल्ड तारा समेत छनौट समेत सुरु गरिएको छ ।

बिद्यालमा शैक्षिकसत्र सुरु भएसंगै समयसमयमा गरिएको गायन प्रतियोगिता मार्फत छनौट हुभएका उत्कृष्ट १० मा पर्न सफल विद्यार्थी हरुको अन्तिम प्रतिस्पर्धाबाट प्रथम मेरिगोल्ड तारामा सुवास पाठक छनौट हुनुभएको छ । पाठकले मेरीगोल्ड तारा बनेर नगद ५ हजार पुरस्कार समेत प्राप्त गर्नुभएको छ । पाठकले संगित साधना कलाकेन्द्रमा एक बर्षसम्म संगितको कक्षा समेत लिन पाउने छन । गायन तारामा फस्ट रनर अफ एन्जिला आछामे बन्दै नगद ३ हजार पुरस्कार प्राप्त गर्नु भएको छ भने , सेकेन्ड रनर अफ रिदिमा ढकाल बन्दै नगद २ हजार प्राप्त गर्नु भएको छ । बिद्यालयले उत्कृष्ट १० सहभागीलाई सान्त्वना पुरस्कार समेत प्रदान गरिएको छ ।

मेरिगोल्ड तारा छनौटको लागि अन्तिम १० उत्कृष्ट प्रतिस्पर्धि बिचको प्रतियोगिताको निर्णायकमा सनलाइट रेकर्डिङ स्टुडियोका सन्चालक तथा संगित प्रशिक्षक कृष्ण योञ्जन र संगित साधना कलाकेन्द्रका संस्थापक तथा संगित प्रशिक्षक धुर्व पाठक रहनु भएको थियोे ।

कार्यक्रममा बिद्यार्थीहरुले प्रत्यक्ष वाद्यवादनमा गायन प्रस्तुती गर्नुका साथै , नृत्य , योगा , कविता , मन्तव्य जस्ता प्रस्तुति दिनुभएको थियो । तस्तै कार्यक्रममा शैक्षिकसत्र २०७९ को एसइईमा “ए” प्लस ल्याएका बिद्यार्थी र शैक्षिकसत्र २०८० मा विभिन्न अतिरिक्त कृयाकलापमा सहभागी भई उत्कृष्ट हुनुहुने बिद्यार्थीलाई बिद्यालयले सम्मान गर्ने कार्यक्र रहेको पनि जानकारी गरिएको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै बिद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका अध्यक्ष गोकुल उप्रेतीले बिद्यालयले सिकाईको नविनतम ज्ञानशीप प्रयोग गरि विद्यार्थीमा अन्र्तनिहित प्रतिभालाई प्रस्फोटन गरिरहेको बताउँनुभयो । शिक्षकले विद्यार्थीलाई सिकाईका लागि सहजीकरण गरिदिन र विद्यार्थी भित्र रहेको ज्ञान र प्रतिभालाई उजागर गर्नका लागि भन्दै देशकै उत्कृष्ट नाटक विधाका प्रशिक्षक तथा राष्ट्रिय कलाकार जीवन बराल तथा देशमा पछिल्लो पटक लोकप्रिय खेलका रुपमा रहेको क्रिकेट खेलको प्रशिक्षकका रुपमा राष्ट्रिय महिला खेलाडी रमा थापालाई प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकिएको पिन्सिपल उप्रेतीले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वागत गर्दै बिद्यालय संचालन समितिका अध्यक्ष वेनु उप्रेतीले झापा मेरिगोल्ड अभिभावककै साथ र सहयोगले अब्बल बिद्यालयको रुपमा स्थापित हुन सकेको बताउनु भयो । उहाले अवको समयमा बिश्वमै प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्नु पर्ने अवस्था रहेकोले बिद्यालयले गुणस्तरीय शिक्षा साथै विविध अतिरिक्त कृयाकलापमा समेत बिद्यालयले जोड दिदै आएको पनि प्रस्ट पार्नु भयो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष निलकृष्ण उप्रेती , बिद्यालय संचालन समिति सदस्य टिकाराम अधिकारी , बिद्यालय व्यवस्थापन तथा लेखा शाखा प्रमुख नारायण उप्रेती , बिद्यालय व्यवस्थापन समितिका सदस्य त्रय सुमित्रा नेपाल , विवेक शिवाकोटी , डिल्ली प्रसाद मैनाली , महिला राष्ट्रिय क्रिकेट टिमको खेलाडी रमा थापा , जनकल्याण मावि मदरगाछका साहायक प्रअ कमल पाठक , बिद्यालयका संरक्षकहरु धनमाया उप्रेती , टेक बहादुर अधिकारी , सुनिता उप्रेती , चन्द्रकला उप्रेती, पत्रकार महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य लीलाराज झापाली, बिद्यालयका अभिभावक लगायतको आतिथ्यता रहेको थियोे ।
औपचारिक कार्यक्रमको सन्चालन शिक्षक सन्तोष बराइलीले गर्नु भएको थियोे भने सांस्कृतिक कार्यक्रमको सन्चालन बिद्यार्थी द्वय कृष्णा बुढाथोकी र प्राप्ति पाठकले गर्नुभएको थियोे ।