Kanakai Online

ज्ञानमाला स्मार्ट एकाडेमी सुरुङ्गाको बार्षिक कार्यक्रमका विच नजिता प्रकाशन सर्बोकृष्ट विद्यार्थी पुरस्कृत


शुक्रवार, चैत ३०, २०८० |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित ज्ञानमाला स्मार्ट एकाडेमीले बार्षिक कार्यक्रमका बिच अभिभावक दिवशमा बार्षिक परिक्षाफल आज सार्वजनिक गरेको छ ।
सो अवशरमा यसैबर्षबाट सुरु गरेको यस बर्षको सर्वोकृष्ट बिद्यार्थीका रुपमा अनुशासन, परिक्षाफल, नियमिकता र स्कुल पोशाक लगायातलाई आधार हरेक बर्ष २ जना विद्यार्थीलाई नगद सहित सर्वोकृष्ट विद्यार्थीको सम्मान पुरस्कृत गर्न सुरु गरिएकोमा प्राईमरी कक्षाबाट कक्षा ४ मा अध्यानरत् विद्यार्थी निश्मा ढुङ्गेल र प्रि प्राईमरी कक्षाबाट कक्षा १ मा अध्यानरत् विद्यार्थी आरप परियारलाई नगद सहित सम्मान गरिएको हो ।https://fb.watch/rp9hajRQpV/


उनीहरुलाई कनकाई नगरपालिका ३ का वडासदस्य अनिल गोयल, कनकाई नगरपालिका शिक्षा समितिका सदस्य ओम पाठक, विद्यालयका पिन्सिपल गोपाल संग्रौला, सहायक पिन्सिपल राम लामा लगायातले पुरस्कार प्रदान गर्नुभयो ।
यसैविच विद्यालयमा यस बर्षमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पुरस्कुत गरिएको थियो ।

https://fb.watch/rp9hajRQpV


कार्यक्रममा बोल्दै विद्यालयका पिन्सिपल गोपाल संग्रौलाले अघिल्लो बर्षको तुलनामा यस बर्ष विद्यार्थीहरुको परिक्षाको नतिजामा समेत सुधार भएको परिक्षामा सहभागि विद्यार्थीमध्ये ७५ प्रतिशत विद्यार्थीहरुले ए प्लसको नतिजा ल्याउन सफल बनेको बताउँनुभयो । यसैगरि विद्यालयले सबै कक्षालाई वालमैत्री र डिजिटल स्मार्ट प्रणालीमा लगिसकेको पिन्सिपल संग्रौलाले जानकारी दिनुभयो । गुणस्तरीय शिक्षाका लागि शिक्षक तालिमलाई निरन्तता दिइरहेको बताउँनुभयो ।


कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिका ३ का वडासदस्य अनिल गोयलले विद्यालयले शैक्षिक र अतिरिक्त क्रियाकलापमा राम्रो प्रगति गर्दै गइरहेको भन्दै प्रसंसा व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगर शिक्षा समितिका सदस्य ओम पाठकले कनकाई नगरपालिका केहि महिनाभित्रै बालमैत्री नगरपालिका हुन लागेको भन्दै यस ज्ञानमालाको शैक्षिक वातावरण समेत वालमैत्री रहेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै अभिभावक डिल्ली गौतम, लीलाराज झापाली लगायातले विद्यालयको शैक्षिक र अन्य अतिरिक्त क्रियाकलापले अभिभावकको मात्रै नभएर सिंगो नगरकै ध्यान तानेको बताउँनुभयो । विद्यालयमा आफ्नै स्वीमिङ्ग पुल समेत रहनुले विद्यार्थीको अतिरिक्त क्रियाकलापमा विद्यालयले ध्यान दिएको पाएका छौ झापालीले भन्नुभयो ।
नजिता प्रकाशन कार्यक्रमको सञ्चालन शिक्षिका लीला चुडालले गर्नुभएको थियो । भने स्वागत शिक्षक प्रविन दाहालले गर्नुभएको थियो । सोही अवशरमा विद्यालयका संरक्षक भुपाल संग्रौला, विद्यालयकी सुपरभाईजर सपना सिटौला लगायातको आतिथ्यता रहेको थियो ।