कनकाई अनलाईन
झापाको बाह्रदशी गाउँपालिका वार्डनम्बर ५ स्थित घोडामारामा अवस्थित कन्चनज्योती अंग्रेजी माध्यमिक विद्यालयले यस बर्षको एसईईमा सामेल विद्यार्थीलाई विशेष कार्यक्रमका बिच विदाई गरेको छ ।
गत चैत १५ गतेदेखि सुरु भएको एसईई परिक्षामा सामेल भएका १८ जना विद्यार्थीलाई एसईई समापन भएकै दिन विदाई गरिएको हो ।
विदाई कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल निमेश ढुङ्गेलले विद्यार्थीहरुलाई स्कुलमा सिकेका कुरालाई पछिसम्म पनि व्यावहारमा उर्तान सुझाव दिदै विद्यालयले विद्यार्थीलाई यस अवधिमा असल नागरिक बन्नका लागि असल सस्कार र उचित शिक्षा दिने कोशिस गरेको बताउँदै स्कुल जीवन मानव जीवनको महत्वपूर्ण समय भएकोले समयलाई चिनेर अगाडि बढन सुझाव दिनुभयो । स्कुल जीवनपछिको शिक्षामा समेत आफ्नो रुचिको विषय छनौट गरेर ठुलो होईन राम्रो र असल नागरिक बन्न प्रिन्सिपल ढुङ्गेलले विद्यार्थीलाई सुझाव दिनुभयो ।
कार्यक्रममा बोल्दै विद्यालयका सामाजिक शिक्षक यादव पौडेलले विद्यार्थीलाई आफुले जीवनमा सिकेका ज्ञानशीपलाई व्यावहारमा परिणत गर्दै कन्चनज्योतीको नाम विश्व सामु राख्न सुझाव दिनुहुदै विद्यार्थीको आगामि दिन सफलताको कामना गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै विद्यार्थी निकिता सुवेदीले शिक्षकहरुले आफ्नो १३ बर्षे स्कुल जीवनमा किताबी ज्ञान र व्यावहारिक ज्ञानशीपका लागि असल नागरिक बनाउनका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै पछिसम्मपनि स्कुलले जीवनले प्रभाव पार्ने बताउँनुभयो । स्कुलका शिक्षक शिक्षिकाहरुको कठिन परिश्रमका कारण आफुहरु योग्य नागरिक बन्नका लागि मद्धत मिल्ने भन्दै विद्यालयको सदैव गरिमा उच्च राख्न कोशिस गर्ने बताउँनुभयो ।
https://fb.watch/rh2UMAd4Pg/
यसैविच विद्यालयका तर्फबाट एसईईमा सहभागि विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।