Kanakai Online

रास्वपा उम्मेदवार मिलन लिम्बुले दर्ता गराए मनोनयन


शनिवार, चैत २४, २०८० |

कनकाई अनलाईन
२४ चैत, इलाम । इलाम २ को उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले मनोनयनपत्र दर्ता गराएका छन् ।

रास्वपाका उपसभापति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी सहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बुले मनोनयन पत्र दर्ता गराएका हुन् ।
रास्वपाका उम्मेदवार लिम्बुअघि ११ जनाले मनोनयन पत्र दर्ता गराइसकेका छन् । मनोनयन दर्तापछि मन्त्री समेत रहेका रास्वपा उपसभापति अर्यालले अन्य पार्टीलाई गाली गलौच नगरी आफ्नो पार्टीलाई मात्र चिनाउने काम गर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङले पनि मनोनयन पत्र दर्ता गराएका छन् । उनको मनोनयन दर्ता गराउन जाने टोलीमा संघीय सांसद विना लामा पनि सहभागी थिइन् ।
शनिबार नै स्वतन्त्र उम्मेदवार मनोज निरौला, नेपाल रिपब्लिक नेशनल पार्टी ९एनआरएन० का उम्मेदवार धनराज राना मगरको मनोनयन पनि दर्ता भएको छ ।