कनकाई अनलाईन
झापाको शिवसताक्षीमा जारी प्रदेशस्तरीय नविन राई स्मृति भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि पुर्वेली भेट्रान क्लब विर्तामोडले जितेको छ । आयोजक झिलझिले भेट्रान क्लबलाई ४–० गोल अन्तरले हराउँदै हराउँदै पुर्वेलीले उपाधि उचालेको हो ।
उपाधि उचालेसँगै पुर्वेलीले नगद ७१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता बनेको आयोजक झिलझिले भेट्रान क्लबले नगद ४१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । बिजयी तथा उपबिजयी दुबै टिमलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्गबो, भेट्रान कपका अध्यक्ष दिलबहादुर राई लगायतले ट्रफी तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
खेलको म्यान अफ दी म्याच र उत्कृष्ट फरवार्ड पुर्वेलीका खेलाडी विशाल राई घोषित घोषित हुनुभयो । त्यस्तै उत्कृष्ट गोलकिप्पर पुर्वेलीका किरन बरुवा, उत्कृष्ट डिफेन्डर आयोजकका सन्तोष बस्नेत, उत्कृष्ट मिटफिल्डर र सर्वोकृष्ट खेलाडी आयोजकका अंकुर खड्की, सर्वाधिक गोलकर्ता पुर्र्वेलीका विकर्ण श्रेष्ठ घोषित हुनुभयो उहाँहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।
शुक्रवार भएको फाईनल खेल पहिले पत्रकार र शिक्षक बीच भएको मैत्री पूर्ण खेलमा पत्रकारको टोली विजयी भएको छ ट्राइबेकरमा शिक्षकलाई ४– ३ गोल अन्तरले हराउँदै पत्रकार टिम विजयी भएको हो ।
प्रतियोगिता शिवसताक्षी नगरपालिका झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा चैत १५ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा प्रदेश नं. १ का १० टिमले सहभागिता जनाएका थिए ।