कनकाई अनलाईन
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” नारासहित कनकाई भेट्रान क्लब सुरुङ्गाको आयोजनामा भएको तेस्रो प्रदेश स्तरिय भेट्रान फुटवल प्रतियोगिताको उपाधी बीर्तामोड भेट्रान क्लबले जितेको छ ।
सुरुङ्गा स्थित कनकाई माविको खेलमैदानमा आयोजक कनकाई भेट्रान क्लब र बिर्तामोड भेट्रान क्लब बिच मंगलबार भएको फाईनल खेलमा विर्तामोड भेट्रान क्लबले आयोजक कनकाई भेट्रान क्लबलाई १(० गोल अन्तरे हरादै उपाधी उचालेको हो । बिर्तामोडले उपाधि उचाले संगै यस अघिका दुवै संस्करणको उपाधी विजेता आयोजक कनकाईले उपविजेतामै चित्त बुझायो ।
सुरुवातिबाटै बिर्तामोडले कनकाईलाई दवावमा राखेको खेलको पहिलो हाफको ३१ अौ मिनटमा बीर्तामोडका जर्सी नं। ९ का खेलाडी लिलाराम मगरले गोल गर्दै बिर्तामोडलाई अग्रता दिलाए । खेलको दोस्रो हाफ प्रतिस्पर्धात्मक रह्यो । दोस्रो हाफमा लयमा फर्कीएको कनकाईले गोल गर्न धेरै कोसिस गर्यो तर सकेन अन्तत बिर्तामोडका लागि मगरले गरेको गोलनै निर्णायक बन्यो ।
जित सङ्गै बिर्तामोड भेट्रानले नगद एकलाख १ हजार पुरस्कार , ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उक्त पुरस्कार कनकाई नगर उपप्रमुख आशा शर्मा शिवाकोटी , कनकाई भेट्रान क्लबका अध्यक्ष श्याम राई , कनकाई ३ का वडा अध्यक्ष युवराज चौलागाईं , सदस्य अनिल गोयल , नगर खेलकुद विकास समिति कनकाईका संयोजक जविन तिम्सिना लगायते प्रदान गरे ।
तस्तै उपविजेता बनेको कनकाईले नगद ६५ हजार पुरस्कार , ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्यो । उक्त पुरस्कार क्लबका सल्लाहकार शेरबहादुर थापा , कनकाई माविका प्रअ कर्ण डागी , नेकपा समाजवादी पार्टीका नगर अध्यक्ष प्रतिक राजंशी , क्लबका संस्थापक अध्यक्ष राजेन्द्र खतिवडा , सचिव रमेश चन्द्र मैनाली कोषाध्यक्ष सन्तोष लिम्बू लगायतले प्रदान गरे ।
खेलको म्यान अफ द सिरिज कनकाईका नन्दु हेमरम घोषित भए उनलाई अन्जेस गिरिले सौजन्य गरेको नगद ५ हजार पुरस्कार र गोल्डेन वुट नगर उपप्रमुख शिवाकोटी , क्लबका अध्यक्ष राई साथै प्रतियोगिताका मैदान ब्यवस्थापन संयोजक राजेश हरिजनले प्रदान गरे । तेस्तै खेलको म्यान अफ द म्याच बिर्तामोडका गोल कर्ता खेलाडी लिलाराम गीरी घोषित भए उनलाई होटल व्यवसायी संघ सुरुङ्गाले प्रायोजन गरेको नगद २ हजार संघका अध्यक्ष कुमार श्रेष्ठले प्रदान गरे ।
खेल भर सर्वाधिक गोल कर्ता कनकाईका दिल कुमार कार्की भए उनले नगद पुरस्कार सहित ट्रफी प्राप्त गरे , उत्कृष्ट गोल किपर बिर्तामोडका रुपक गुरुङ्ग घोषित भए उनले नगद पुरस्कार सहित गोल्डेन ग्लोब प्राप्त गरे ।
प्रतियोगिताको समापन समारोहको अवसरमा आफ्नो जिवननै खेलमा समर्पण गरेका , खेलकै माध्यमबाट राष्ट्र साथै स्थानिय क्षेत्रको समेत गौरव बढाएका पुराना खेलाडी , हाल कनकाई नगरका खेल राजदुत सन्त रायमाझी , लामो समयदेखि निरन्तर खेलक्षेत्रमा रहदै आएका दिलकुमार कार्की , प्रतियोगिता भरी प्रथमिक उपचारको ब्यवस्थापन गर्ने न्योरो फार्मेसीका सन्चालक सरोज ठाकुर लाई क्लबले सम्मान गरेको छ । सम्मानित सवैलाई समापन समारोहका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , नगर उपप्रमुख आशाशर्मा शिवाकोटी लगायतले दोसल्ला ओडाई सम्मान पत्रबाट सम्मान गरेका थिए । तेस्तै प्रतियोगिताभर बलव्वाईको कुशल भुमिका निर्वाह गर्नुे फरक क्षमताका वलव्वाईलाई क्लबका अध्यक्ष श्याम राईले सम्मान पत्र प्रदान गर्दै समान गरे ।
कनकाई नगरपालिकाको मुख्य आर्थिक सहयोग साथै कनकाईका वडा, आयोजक सहित अन्य खेलप्रेमी व्यक्तित्वहरुबाट समेत प्राप्त सहयोगले सन्चालन भएको प्रतियोगिताको फाईनल खेल उद्घाटन समारोहका प्रमुख अतिथि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले गरेका थिए।
क्लबका अध्यक्ष श्याम राईको अध्यक्षतामा भएको समान समारोहमा कनकाईका बडा अध्यक्षहरु , वडा सदस्यहरु , राजनितीक दलका प्रमुख तथा प्रतिनिधि , सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , सुरक्षा कर्मी , खेल कर्मी लगायतको आतिथ्यता रहेको थियो । कनकाई वडा नं। २ का वडा अध्यक्ष वलराम राईले स्वागत गरेको अौपचारिक कार्यक्रमको सन्चालन क्लवका सल्लाहकार ज्योतिकुमार उप्रेतीले गरेका थिए ।