कनकाई अनलाईन
यहाँस्थित बंगाली समाज कनकाईले यसबर्षको होली पर्वलाई विविध सास्कृतिक कार्यक्रमको विच मनाएको छ ।
अघिल्ला ४ बर्षदेखि नियमित रुपमा होली पर्व मनाउदै आइरहेको बंगाली समाज कनकाईले यस बर्षमा समेत आफ्नो धर्म सस्कृतिको जर्गेन ागर्नका लागि विविध सास्कृतिक कार्यक्रमको आयोजना र विभिन्न परिकार सेवन गर्दै मनाएको छ ।
कनकाई ३ सुरुङ्गामा आयोजित होलि मिलन कार्यक्रममा कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाई, कनकाई नगरपालिका ३ की कार्यपालिका सदस्य कृष्णमाया भुजेल, वार्ड सदस्य अनिल गोयल, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख वरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराई लगायातले होलिको महत्व र बंगाली समाजले आयोजन ागर्ने होलि पर्वले एकअर्काविच भाइचाराको सम्बन्ध अझ बढेर जाने बताउँनुभयो ।
बंगाली समाजका कनकाईका अध्यक्ष पंकज मण्डललको सभापतित्व तथा उपाध्यक्ष दिगम मण्डलको स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रविन मण्डलले गर्नुभएको थियो । यसैविच समाजको आयोजनामा गरिएका होलि मिलन कार्यक्रममा होलि सम्बन्धि गितहरुमा नाचगान समेत गरिएको थियो । कनकाई नगरपालिका ३ मा मात्रै ४५ बंगाली घरपरिवारको बसोबास रहेको बंगाली समाज कनकाई सुरुङ्गाका अध्यक्ष पंकज मण्डलले बताउँनुभयो ।