प्रेमबहादुर जिम्बा
होलिको बेला सडकमा जथाभावी रुपमा र बिना हेल्मेट मोटरसाईकल चलाउनेको मोटरसाईकल इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिन थालेको छ ।
होलिका बेला जथाभावी कार्य गर्दै हिडने र बिना हेल्मेट मोटरसाईकल कुदाउनेहरुको आज बिहानै बाट यो समाचार तयार पार्दासम्म २३ वटा मोटरसाईकल इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविणकुमार भट्टराईले कनकाई अनलाईनलाई बताउँनुभयो ।
प्रहरीले यसरी बिना हेल्मेट सडकमा मोटरसाईकल हुइक्याउने तथा जथाभावी गर्नेलाई चेतावनी स्वरुप मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीले यस अघि होलि सम्बन्धि सचेतनाका लागि माईकिङ्ग समेत गरेको थियो ।
Trending
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर