Kanakai Online

लायन्स क्लवले गर्यो वालगृहलाई सहयोग


शनिवार, चैत ३, २०८० |

कनकाई अनलाईन
जहाँ समस्या त्यहाँ लायन्स भन्ने मुल नारा लिएर हिडेको लायन्स क्लव अफ कनकाई दुर्गापुरले यहाँस्थित सुस्त मनस्थिति सरोकार समाज वाल आश्रमका वालवालिकाहरुलाई खाद्यान्न बितरण गरेको छ ।


लायन्स क्लव अफ कनकाई दुर्गापुरका प्रथम उपाध्यक्ष तिनचन रिजालको जन्मदिनको अवशर पारेर लायन्स क्लव अफ दुर्गापुरले उक्त वाल आश्रममा पुगि खानेकुरा र खाजा प्रदान गरेर मनाएको हो । वालआश्रमकी अध्यक्ष भगिरथा चापागाई शान्ताले सहयोगी मनका धनीहरुकै साथ र सहयोगबाट यसरी यस वालआश्रममा रहेका वालवालिकाहरुले मिठो मसिनो खान पाइरहेको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै लायन्सका संस्थापक अध्यक्ष दिपक खतिवडाले लायन्सले आफ्नो क्षेत्रमा रहेको यस वालआश्रमलाई सहयोग गर्न पाएकोमा खुसी लागेको भन्दै लायन्सको प्रमुख कामनै आफुभन्दा कमजोर र कम भाग्यवानी नागरिकको अनुहारमा खुसी ल्याउनु भएको बताउँनुभयो ।
लायन्स क्लव अफ कनकाई दुर्गापुरले स्थापनको छोटो समयभित्रै आँखा शिविर गर्ने, लागुऔषध विरुद्ध सचेतना कार्यक्रम , विद्यालयका कमजोर आर्थिक आय भएका अभिभावकका नानीबाबुहरुलाई विद्यालय पोशाक प्रदान गर्नेदेखि लिएर वृक्षरोपण लगायातका गतिविधिहरु गर्दै आइरहेको छ ।
कार्यक्रममा पत्रकार महासंघ कोशीका सदस्य लीलाराज झापाली, हिमालयन लाईफ इन्सुरेन्स इलामका साखा प्रमुख घनेन्द्र रिजाल लगायातको आतिथ्यता रहेको थियो ।
यस वाल आश्रममा असक्त असाहाय समेत रहेका २० जना वालवालिकाहरु रहदै आएका छन ।