Kanakai Online

द्यैसी खेलेको पैसाले तालिम


आइतवार, मंसिर २४, २०७४ |

कनकाई अनलाईन 
सुरुङ्गा । द्यैसी तथा गाइजात्रा खेलेर जम्मा गरेको पैसावाट यहाँस्थित सुरुङ्गा सहकार्य युवा क्लवले आफ्ना सदस्यहरुका लागि एकदिने ज्ञानवद्धक जीवन उपयोगि शिप तथा दक्षता अभिवृद्धिसम्बधि तालिमको आयोजना गरिएको छ ।
गत भाद्र तथा कार्तिक महिनामा क्लवका सदस्यहरुले घरघरमा गएर द्यैसीभैलो तथा सुरुङ्गा वजारमा मनोरन्जनात्म गाइजात्रा निकालेका थिए । सो वापत क्लवले गरेको आम्दामीबाट क्लवमा आवद्धभएका नयाँ २५ जना सदस्यहरुलाई लक्षित गरि जिवनउपयोगि शिप तथा दक्षता अभिवृद्धि तथा प्रजलन स्वास्थ्य शिक्षा सम्बनिध तालिमको आयोजना गरिएको क्लवका अध्यक्ष टिकाराम भण्डारी सुदिपले जानकारी दिनुभयो । तालिममा नेपाल परिवार नियोजन संघ झापाकी साखा अधिकृत सुजन काफ्ले , सुरुङ्गा सहकार्य युवा क्लवका संस्थापक अध्यक्ष प्रविन तिम्सिना , सचिव कमल कट्टेल , पुर्वअध्यक्ष राजकुमार कट्टेल लगायातले नेतृत्व विकास , र जिवनउपयोगि शिपको वारेमा एकदिने प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमका वोल्दै प्रमुख अथिति कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले मुलुककै उत्कृष्ट नगरपालिकाका रुपमा कनकाई नगरपालिकालाई वनाउनका लागि पनि यस क्षेत्रका वालवालिका तथा किशोरकिशोरीको समेत ठुलो भुमिका रहेको भन्दै नगरपालिका वालवालिकाका क्षेत्रमा कार्यक्रम बनाउन तयार रहेको वताउँनुभयो । कार्यक्रममा कनकाई नगरपालिकाकी उपप्रमुख मन्जु प्रसाईले वालवालिका काचो माटो भएकाले उनीहरुमा लगानी र सहि दिशानिर्देश गर्नसके मुलुक र परिवारले समेत विकास र समृद्धिका लागि सहयोग पाउने वताउँनुभयो ।
कार्यक्रममा क्लवका संस्थापक पत्रकार लीलाराज झापाली , केपी लुइटेल , क्लवका सचिव कृष्ण सिटौला सहसचिव मनिस गिरी , तालिममा सहभागिहरु आयुशा खड्का , दिवश कार्की लगायातले शिकेका ज्ञानशीपलाई व्यावहारमा उर्तान सुझाव दिएका थिए ।

सम्बन्धित खबर